संविधान सभासदस्य तथा सञ्चार उद्यमी शेरचनको कोरोना संक्रमणको कारण मृत्यु

सदरलाइन संवाददाता ३ भाद्र २०७८, बिहीबार १७:३७
 


काठमाण्डौ  : कोभिड–१९ संक्रमणका कारण संविधानसभा सदस्य तथा सञ्चार उद्यमी महेन्द्र शेरचनको निधन भएको छ ।

राजधानी दैनिक पब्लिकेशनका संस्थापक अध्यक्षसमेत रहेका ६७ वर्षीय शेरचनको बुधवार साँझ बलम्बुस्थित एपीएफ हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारका सदस्यले जनाएका छन् ।


मिडिया सोसाइटीका पूर्वअध्यक्ष रहेका शेरचन हाल मिडिया अलाइन्सका उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य रहेका थिए । बैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष समेत रहेका शेरचनको बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ । उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया प्रहरीद्वारा लाखौको केराउ नियन्त्रण

३ भाद्र २०७८, बिहीबार १७:३७
बर्दिया  : जिल्ला प्रहरी कार्यालय बर्दियाले लाखौ मूल्य बराबरको केराउ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले भारत लैजान लागेको अवस्थामा राखिएको गुलरिया नगरपालिका वडा नम्बर–१० स्थित विनोद बर्माको मिल अगाडि खाली जमिनमा केराउको बोराहरु साइकलमा लोड गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको बताए […]