बाँकेका साहित्यकार ढकाल नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यमा मनोनीत

सदरलाइन संवाददाता ४ फाल्गुन २०७९, बिहीबार १२:३७
 

नेपालगञ्ज : नेपाल प्रज्ञा प्रतिष्ठानले ३५ जना प्रज्ञा सदस्यहरु मनोनय गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को परिच्छेद ३ को ८ को उपदफा (३)ले दिएको अधिकार बमोजिम ३५ जनालाई प्रज्ञा सदस्यका रुपमा मनोनित गरेको हो । प्रज्ञा सदस्यमा सामाजिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरु मनोनित गरिएको बताइएको छ ।

ऐनको दफा ८ को उपदफा (२)बमोजिम अब मनोनीतमध्येबाट नेपाल प्रज्ञा प्रतिष्ठानको कार्य समिति विस्तार गरिने प्रावधान रहेको छ ।


त्यसै गरी लामो समय समाजिक तथा साहित्य क्षेत्रमा योगदान पुर्याएका बाँकेका महानन्द ढकाललाई नेपाल प्रज्ञा प्रतिष्ठान सदस्यका रुपमा मनोनीत गरिएको छ । ढकाल पत्रकार उपन्यास लेखक, साहित्यकारका रुपमा परिचित रहेका छन् ।

पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका संस्थापक अध्यक्ष समेत रहेका ढकाललाई यसरी प्रज्ञा सदस्यका रुपमा मनोनीत गर्नु बाँके जिल्लाको गरौव हुनुका साथै साहित्य क्षेत्रको विकासमा समेत योगदान पुग्ने विश्वास लिइएको छ । त्यसै गरी बाँकेका शशीराम कार्कीलाई समेत प्रज्ञा सदस्यका रुपमा मनोनीत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ठुलो मात्रामा नक्कली नोट भित्रिएको आशंका

४ फाल्गुन २०७९, बिहीबार १२:३७
नेपालगञ्ज : पछिल्लो समय बाँकेमा नक्कली नोटको बिगबिगी भएको छ । गत केही समययता बाँकेमा ठूलो परिमाणमा नक्कली नोट भित्रिएको आशङ्का प्रहरीले गरेको छ । प्रहरीले ठूलो परिमाणको नक्कली नोट र नोट छाप्ने मेसिन नै बरामद गरेपछि सो आशङ्का गरिएको हो । पछिल्लो पटक बाँके प्रहरीले नक्कली एक हजार रुपियाँका […]