सदरलाइनडटकम
८ कात्तिक, नेपालगन्ज : प्रहरीले बाँकेको जानकी गाउपालिका वडा नं ६ डिठ्ठापुर चोकबाट अवैध हतियार सहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
संघीय प्रहरी ईकाई कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीको बिशेष टोलीले एकथान अबैध हतियार कटुवा पेस्तोलसहित भारत बहराईच जिया गाउ बस्ने २५ वर्षिय रमजान खानलाई बाँके जानकी गाउपालिका वडा नंं. ६ डिठ्ठापुरवा चोकबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले खानसंग अबैध हतियार भएको सूचनाको आधारमा पछाउदै जाँदा उनलाई नियन्त्रणमा लिन सफल भएको हो । प्रहरी नियन्त्रणमा रहेका खान सो हतियार कसैलाई दिन वा कुनै अपराधिक घटनालाई अन्जाम दिने उद्देश्यले नेपाल आएको हो अनुसंधानमै रहेको जनाएको
छ ।
