पौडी प्रतियोगिता होटल सिग्नेटमा हुने

७ बैशाख २०७६, शनिबार १८:५४
 
रंगशालास्थित निर्माणाधिन पौडी पोखरी ।

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका पौडी पोखरीको काम नसकिँदा पौडीका सम्पुर्ण स्पर्धाहरु होटलको स्वीमिङ पुलमा हुने भएका छन् । नेपालगञ्जको महेन्द्र रंगशाला परिसरमा निर्माणाधिन आठौं खेलकुदका लागि निर्माण गर्न लागिएको पौडी पोखरी निर्धारित समयमा निर्माण कार्य नहुँदा पौडीका स्पर्धाहरु नेपालगञ्जको एउटा होटलमा सारिएको हो ।
भनेको समयमा पोखरीको काम नसकिँदा पौडीको स्पर्धा नेपालगञ्जको धम्बोजीस्थित सिंग्नेट होटलमा रहेको स्वीमिङ पुलमा प्रतिस्पर्धा गर्न लागेकोे आयोजक राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीका स्पर्धाहरु आइतवारबाट शुरु हुने खेल तालिका रहेको छ । राष्ट्रिय खेलकुद परिषदका प्रेस सल्लाहकार रोहित दाहालले भने बमोजिम पौडी पोखरीको निर्माण समयमै सम्पन्न नहुदा पौडीका स्पर्धाहरु होटलको स्विमिङमा सार्नु परेको बताए ।
शनिवारनै धम्बोजीस्थित सिंग्नेट होटलमा रहेको स्वीमिङ पुलमा पौडीका प्रतियोगिता गर्ने निर्णय भएसंगै राखेपका प्राविधिक टोलीले निरीक्षण गरेको छ । नेपालगञ्जस्थित रंगशाला नजिकै रहेको पौडी पोखरीको काम शनिवारसम्म पनि नसकिएपछि अन्तिम दिन पौडीको तालिका परिवर्तन गरिएको हो । यसअघि राखेपले जसरी पनि उक्त निर्माणाधिन पौडी पोखरीमा नै पौडीका स्पर्धाहरु हुने जानकारी गराएको थियो ।

Next Post

पौडीमा आर्मी तीन स्वर्णसहित अग्रस्थानमा

७ बैशाख २०७६, शनिबार १८:५४
सदरलाइनडटकम, नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगञ्जमा आइतवार भएको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लव तीन स्वर्ण जितेको छ । चार स्पर्धाको प्रतिस्पर्धामा एनआरएनले एक स्वर्ण हात पारेका छ । महिला ८ सय मिटर फ्रिस्टाइल स्पर्धामा त्रिभुवन आर्मीका उपास्ती महर्जनलाई पराजित गरि त्रिभुवन आर्मीकै गौरिका सिंहले स्वर्ण पदक हात पारे […]