बाँकेमा धार्मिक पर्यटनको सम्भावना

३१ असार २०७४, शनिबार २०:४२
 

सदरलाइन / कमल डाँगी
३१ असार, नेपालगन्ज : बाँके जिल्ला धार्मिक पर्यटनको सम्भावना भएको जिल्ला हो । हिन्दू धर्मावलम्बीहरुका लागि यहाँ रहेको बागेश्वरी मन्दिर ठुलो तिर्थाटन जस्तै बनेको छ । कम्दीको बाबा कम्मर शाह मजार, बागेश्वरी डिगाउको मुसबेटवा हिन्दू, शिख र मुस्लिम समुदायको आस्थाको प्रतिकको रुपमा रहेको छ भने बिनौनाको भुवरभवानी हिन्दू धर्मको ठूलो महत्वको मन्दिरको रुपमा छ ।
धार्मिक किम्वदन्ती अनुसार महादेवकी पत्नी सतिदेवीको जिव्रो पतन भएको बिश्वास गरिने नेपालगन्जस्थित बागेश्वरी मन्दिर धार्मिक पर्यटक भित्राउने सबैभन्दा महत्वपूर्ण मन्दिर हो । भारत लगायत विश्वका विभिन्न मुलुकबाट हिन्दू धर्मावलम्बीहरु पुजापाठ र आप्mनो मनोकामना पुरा हुने विश्वाससहित बागेश्वरी मन्दिरमा पुग्ने गरेका छन् । बागेश्वरी मन्दिर परिसर मै रहेको एकमात्र जुङ्गे महादेवको मुर्तीले बागेश्वरीमा दर्शनका लागि पुग्ने भक्तजनलाई आकर्षित गरि रहेको देख्न सकिन्छ ।
बाँकेको कम्दी गाविसमा हिन्दुसँगै ईस्लाम धर्मावलम्बीहरुको बसोबास रहेको छ । बाँकेलाई सामाजिक सद्भावको रुपमा विकास गर्ने अभियान अन्यत्र हेर्न जानु पर्दैन कम्दीमा पुगे हुन्छ । बाबा कमरशाह मजारमा हरेक बर्ष धार्मिक मेला लाग्दछ । सो मेलाको संचालक हिन्दु र ईस्लाम धर्मावलम्बीहरु एकआपसमा मिलेर सहकार्य गरेर गर्दछन् ।
कम्दीका स्थानीय शकील अहमद खाँ का अनुसार बर्षोदेखि कमरशाह मेला दुबै धर्मावलम्बीहरुको सहकार्यमा हुदै आएको छ । तिहारपछि लाग्ने यो मेलामा भारतबाट समेत हजारौंको सङ्ख्यामा भक्तजनहरु पुग्ने गरेका छन् ।
बागेश्वरीको खजुरा एक नम्बरमा मुसबेटवाको मेला पनि धार्मिक पर्यटनका हिसावले महत्वपुर्ण रहेको छ । जहाँ हिन्दू र ईस्लाम धर्मावलम्बीहरुको समान आस्था रहेको छ ।
बाँके जिल्लाका पर्यटकीय स्थल मात्रै होइन, मध्य र सुदूरपश्चिमका अन्य प्रमुख पर्यटकीय स्थल र मानसरोबारसम्म पुग्नका लागि बांके प्रवेशद्धारको रुपमा रहेको छ । मानसरोबार जानका लागि भारतीय तीर्थयात्रुहरु हप्तौसम्म पनि नेपालगञ्जमा बस्नुपर्ने हुन्छ । पछिल्लो समय मानसरोबार जाने भारतीय तीर्थयात्रलिाई लक्षीत गरी नेपालगञ्जमा करोडौंको लागतमा सुविधा सम्पन्न होटलहरु संचालनमा ल्याइएको छ । पश्चिम नेपालका अन्य पर्यटकीय क्षेत्रमा पुग्नका लागि बांके जिल्ला भएर जानुपर्ने जानुपर्ने हुन्छ ।
बिभिन्न धर्म, सम्प्रदायबीचको अनेकतामा एकता कायम गर्न बा“के सबैको चासोको केन्द्र बनेको छ । धार्मिक सद्भाव कायम गराउनका लागि यहां खेलिएको भुमिकाको देश बिदेशबाट प्रशंसा हुने गरेको छ । नेपाल पत्रकार महासंघ बांँकेका निबर्तमान अध्यक्ष रुद्र सुवेदी बांँके धार्मिक पर्यटनको ठूलो सम्भावना भएको जिल्ला भएको बताउछन् । ‘तर यसलाई अझै माथि पु¥याउनका लागि सरकार र गैर सरकारी निकायहरुले धेरै काम गर्न बांँकी छ । यहाँ धार्मिक पर्यटक भित्रयाउदा प्रत्यक्ष फाईदा लिने निकायबीच नै तालमेल र व्यावसायिक व्यावहार निर्माण गर्न आवश्यक छ’–उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा क्रियाशिल गैससलाई गाउँ–गाउँ पुग्न स्थानीय विकास अधिकारी प्याकुरेलको निर्देशन

३१ असार २०७४, शनिबार २०:४२
सदरलाइनडटकम १ साउन, नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले गैर सरकारी संस्थाहरुलाई शहर केन्द्रित नहुन निर्देशन दिएका छन् । शहरलाई छाडेर गाउँमा पुग्ने गैर सरकारी संस्थाहरुलाई संधै प्रशंसा गरिएको स्थानीय विकास अधिकारी प्याकुरेलले आईतबार नेपालगन्जमा आयोजना गरिएको एक अन्तरक्रियामा बताए । ‘बाँकेको बिकट नरैनापुरमा कति […]

सम्बन्धित