एमाले उम्मेद्वार कवडियाको हृदयघातका कारण निधन

२४ जेष्ठ २०७४, बुधबार १८:५८
 

सदरलाइनडटकम
२४ जेठ नेपालगन्ज : आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार घोषित भएका एक उम्मेदवारको हृदयघातको कारण मृत्यु भएको छ ।
नेकपा एमालेका तर्फबाट नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ११ मा सदस्य पदका उम्मेद्वार मुन्ना कवाडियाको हृदयघातका कारण निधन भएको हो । मुस्लिम समुदायले यतिबेला रमजानको पवित्र महिना चलि रहेको र यसमा उपवास (रोजा) बस्ने धार्मिक प्रचलन रहेको बेलामा निर्वाचन राखेको भन्दै मुस्लिम समुदायले विरोध जनाउदै आएका थिए ।
मृतक कवडिया रोजा राखेकै बेलामा आफ्नो प्रचार तथा घर दैलोबाट फर्केर घरमा रोजा खोलेपछि उनलाई हृदयघात भएको पारिवारिक स्रोतले जनाएको छ ।
४५ वर्षिय कवाडियाको हृदयाघातका कारण मंगलबार राती घरमै निधन भएको नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य मो. हरुण हल्वाईले जानकारी दिए ।
नेकपा एमाले जिल्ला कमिटी बाँकेले सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेपछि कवाडिया वडा अध्यक्षका उम्मेद्वारसहित वडामा घरदैलो अभियानमा समेत खटिएका थिए ।
नेकपा एमालेका तर्फबाट नेपालगन्ज उप–महानगरपालिकामा मेयरका उम्मेद्वार सम्शुद्धिन सिद्दिकीका अनुसार कवाडियाको बुधबार दिउसो नेपालगन्जमा मुस्लिम परम्परा अनुसार अन्त्येष्टी गरिएको छ । अन्त्येष्ठीमा एमालेका नेताहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुई सवारी दुर्घटनामा तीन घाइते

२४ जेष्ठ २०७४, बुधबार १८:५८
सदरलाइनडटकम २५ जेठ, नेपालगन्ज : बाँकेमा विहीबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बिहीबार साँझ करिव पौने ४ बजेको समयमा पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख ९५६६ नं. को यात्रुबाहक बस र कोहलपुरबाट दाङ्ग जाँदै गरेको भे ३ प […]