दलित भएको कारण परिवारबाट अपहेलित भएको गुनासो

१८ जेष्ठ २०७४, बिहीबार ०९:४३
 

स्मृर्ती देवकोटा/सदरलाइन 
१८ जेठ, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका–५ कि सिमा परियारले आफु दलित समुदायको भएको कारण आफ्नो घरपरिवारबाट हिंसामा परेको बताएकी छिन ।
गाउकै क्षेत्री परिवारको केटासंग सानैदेखि प्रेममा परेको बताउने सिमाले घरदेखि भारतको दिल्ली पुगेर बिहे गरेको बताईन । सिमा आफनो श्रीमान प्रेम प्रकाश क्षेत्री र उनको परिवारदेखि पीडित भएपछि न्यायको लागि विभिन्न क्षेत्रमा गएको बताउछिन ।
उनले भनिन–‘ म दलित भएको कारणले घरमा मैले पकाएको खाना फलिदिने मलाई भान्छामा जान नदिने खाना पनि नदिई भान्छामा तालाचाबी लगाउने र विभिन्न किसिमका तनाव दिने गरकोले आजित भएकी छु ।’ उनले सासु हिरा क्षेत्री र अन्य परिवारका सदस्यले पनि विभिन्न खालको मानशिक यातना दिदै आएको बताईन ।
श्रीमान प्रेमप्रकाशले पनि पछिल्लो दिनहरुमा घर परिवारकोतर्फ लागेर कहिले कहिँ कहिले कहिँ गएर सम्पर्क विहिन हुने गरेको बताईन । उनले भनिन–‘ म गर्भवती भएको बेला फकाई फुलाई बच्चा फाल्न लगाई सानिमा सासु तारा केसीको सहयोग रहेको थियो ।’
उनले आफ्नो जेठाजु नन्दराम क्षेत्रीले समेत कुटपिट गरेको र सासुले ज्यान मार्ने धम्की दिदै ‘मेरो छोरालाई मोहनी लगाएर बिहे गरिस’ भन्ने जस्ता आरोप समेत लगाएको बताउछिन । उनी दिनहुँ यस्ता हिसांबाट पीडित हुनु परेकोले न्याए पाउन महिला संञ्जालमा निवेदन हालेपछि अब यस्तो गर्दैनौ भनेर माफी मागे पनि पछि घरमा भने मानसिक तथा शारिरिक यतना दिने गरेको बताईन ।
उनले आफुसंग भएको विवाहदर्ता, विवाहको बेलाको फाटो लगायतको प्रमाण हुँदा पनि बारम्बार दलित भएको निहुमा अनेकन यातना दिदै ज्यानै मार्नेसम्मको धम्की दिन थालेपछि पुन न्याय खोज्न भौतारिनु परेको दुखेसो पोखिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सीमा नाकामा सुरक्षा सर्तकता बढाउदै बाँके प्रहरी

१८ जेष्ठ २०७४, बिहीबार ०९:४३
सदरलाइनडटकम      १८ जेठ, नेपालगन्ज : लागू औषध तथा अन्य तस्करी नियन्त्रणको लागि बाँके प्रहरीले संवेदनशिल क्षेत्रहरुमा सुरक्षा सर्तकता बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले लागू औषध तथा तस्करी नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरी डाग स्क्वाड परिचालन गरी चेकजाँच समेत […]