बाँकेमा लागुऔषध सहित ३ जना पक्राउ

सदरलाइन संवाददाता ९ फाल्गुन २०८०, बुधबार १७:३३
 

नेपालगञ्ज : बाँकेको राप्तिसोनारी गाउँपालिका–८ गल्लिकटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली घोडाघोडी नगरपालिका–५ बस्ने २७ वर्षीय रमेश बडुवाल र २८ वर्षीय गोपाल बम रहेका छन् । प्रहरी चौकी ढकेरीबाट खटिएको प्रहरीले लु.९४ प १२९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै बाँकेको बैजानाथ गाउँपालिका–१ राराबस्ति बस्ने २६ वर्षीय रामलाल भन्ने निकेश रावललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित पक्राउ छन् ।


ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित सडकमा हिड्डुल गरिरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृषिलाई व्यावसायिक बनाउँदै राप्तीसोनारी

९ फाल्गुन २०८०, बुधबार १७:३३
नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका कृषि उपज उत्पादनका लागि पकेट क्षेत्रकै रुपमा परिचित रहेको छ । ९ वटा वडा रहेको राप्ती सोनारी गाउँपालिकाका सबै वडा कृषि उपज उत्पादनका दृष्टिकोणले सम्भावना बोकेका वडाहरु हुन् । त्यसैले पनि पालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल बताउँछन् […]