‘न्याय सम्पादनमा स्वास्थकर्मीको भुमिका उल्लेखनीय’

१ जेष्ठ २०७४, सोमबार १०:२९
 

सदरलाइनडटकम    
१ जेठ, नेपालगन्ज : न्याय सम्पादनको क्षेत्रमा स्वास्थ्य–बिज्ञानको सहयोग अपरिहार्य रहने नेपालगन्जमा आयोजित एक कार्यक्रममा सहभागिले औल्याएका छन् । नेपालगन्जको भेरी नर्सिङ्ग कलेजका नर्सिङ्ग बिद्यार्थीसंगको नागरिक सम्बाद कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।
कार्यक्रमका अतिथि जिल्ला अदालत बाँकेका न्यायाधीश तेजनारायण पौडेलले स्वास्थ्य बिज्ञानको मद्दतका कारण प्रमाणजन्य तत्वको बिश्वासनियतामा वृद्धि गरि न्यायीक प्रकृया सम्पादन गर्न सहज हुने भएकोले आधुनिक न्याय सम्पादनमा स्वास्थकर्मीको रुपमा रहेका डाक्टर तथा नर्सको भुमिका उल्लेखनीय हुने कुरामा जोड दिए ।
कार्यक्रममा जिल्ला न्यायाधीश श्रीमान मदन धामीले फौजदारी र देवानी दुबै मुद्दामा स्वास्थकर्मीको रिपोर्टले न्याय सम्पादनमा सहज भएको प्रस्ट पार्दै भने–‘कतिपय मुद्दामा ब्यक्तिले गरेका कुरा भन्दा स्वास्थकर्मीले दिएको रायको कारण न्याय सम्पादन गर्न सहज भएको छ’ । उनले सम्बादका क्रममा विद्यार्थीहरुबाट आएको जिज्ञासा समाधान गर्दै अति बिरामी ब्यक्तिले चाहेमा आफ्ना अङ्ग अन्य ब्यक्तिलाई दिन, मेडिकल सेवाबाट मृत्यु सुबिधा पाउन कानूनी बाटो नभएको भय पनि समय सापेक्ष रुपमा कानूनमा परिवर्तन हुन आवश्यक रहेको औल्याए ।
गरिब नागरिकको न्यायको लागि सरकारले पनि निशुल्क कानुनी ब्यबस्था गरेको हुनाले बैतनिक वकिल मार्फत पैसा नहुनेहरुको लागि न्यायको ढोका खुला रहेको जिल्ला न्यायाधीश दिपक ढकालले जानकारी दिए ।
जिल्ला अदालत बाँकेका रजिस्ट्रार दन्ड्पाणी लामिछानेले आफुलाई अन्याय परेको सहेर बस्नु अन्यायलाई बढाउनु भएकोले न्यायको बाटो रोज्नपर्ने बताए । उनले पहिलेजस्तो न्याय प्रणाली नभैइ अहिले चुस्त र दुरुस्त रहेकोले न्यायबाट कोहि पनि बन्चित हुन नपर्ने दाबी गरे ।
भेरी नर्सिङ्ग कलेज, बाँकेका सञ्ंचालक सन्जय सिंहको अध्यक्षतामा संचालित कार्यक्रममा सञ्चालक रेवती सिंह, अधिवक्ता पूर्णप्रसाद ढकाल, जनक शाही, भेरी नर्सिङ्गका क्याम्पस प्रमुख एलिजा कोईरालाको लगाएतका ब्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा नर्सिङ्ग पेसाकर्मी सबिता आचार्य, प्रीति रावत, नन्दिता रिजाल, नर्सिङ्ग बिद्यार्थी निलम चौधरी, निर्मला पन्त लगाएतले अस्पतालमा तथा अन्य स्वास्थ्य स्थलहरुमा कार्यगर्दा हुनसक्ने कानुनी समस्याका विषयमा जिज्ञासा समेत राखेका थिए । पूर्ण ढकालको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामाजिक सुरक्षा भत्ता सबै गाउँपालिकामा निकासा, कुन गाउँपालिकामा कति रकम बिस्तृत विवरण सहित 

१ जेष्ठ २०७४, सोमबार १०:२९
सदरलाइनडटकम    १ जेठ, नेपालगन्ज  : जिल्ला समन्वय समिति बाँकेले जिल्लाका सबै गाउँपालिकामा चालु आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ताको रकम पठाई सकिएको जनाएको छ । नगरपालिका र उप–महानगरपालिकामा भने रकम अपुग भएको कारण केही ढिलाई हुने जनाईएको छ । जिल्ला समन्वय समिति बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले चालु आर्थिक […]