सदरलाइनडटकम
१२ जेठ, नेपालगन्ज : नेपालगन्जका अगुवा व्यवसायी प्रदिपकुमार गुप्ताको घरबाट लाखौंको धनमाल चोरी भएको छ । करिव २५ तोला सुनका गरहगना, ६० वटा चाँदीका सिक्का र साढे २ लाख रुपैयाँ नगद चोरी भएको पीडित गुप्ताले जानकारी दिएका छौ ।
‘हामी नयाँ घर सरेर न्यूरोड बस्न थालेका थियांै’, गुप्ताले घटनाबारे जानकारी दिंदै भने, ‘त्रिभुवन चोकसँगै सटेको पुरानै घरमा राखिएको उक्त धनमाल चोरी भएको हो ।’ छिमेकीहरुले शुक्रबार विहान साढे आठ बजे मात्रै ताला तोडिएको अवस्थामा घरको ढोका देखेर आफुलाई खबर गरेपछि चोरीको घटना थाहा पाएको गुप्ताले वताए ।
नगद तथा गरगहनामात्र चोरी भएको तर,भाडाकुँडा, लत्ताकपडा भने चोरी नभएको उनले बताए । बाँके प्रहरीले घटनाबारे अनुुसन्धान सुरु गरिएको बताएको छ । बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले चोरीमा संलग्नहरुको खोजी कार्य तीब्र पारिएको जानकारी दिए ।
