सदरलाइनडटकम,
नेपालगञ्ज : करेन्ट लागेर बाँकेमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २० राँझामा ना ४ ख २६५१ नम्बरको ट्यांकरका सहचालक बारा जितपुर सिम्राहाका राज मगरको मृत्यु भएको हो ।
ट्यांकरमा चढेर सडक माथिको तार पन्छाउँदै गर्दा करेन्ट लागरे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
मगरलाई करेन्ट लागेपछि तत्कालै उद्धार गरी उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
