नेपालमा पाँचौ संक्रमित भेटियो

१५ चैत्र २०७६, शनिबार १६:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो ।

त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो । नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ ।


अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
नेपालमा भेटिएका कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएका हुन । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी २२ वर्षकी युवती हुन् । उनी चैत ४ गते (१७ मार्च) को दिन कतार एयरवेजको क्यू आर ६५२ उडानबाट आएकी हुन् ।

फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीमा कोरोना संक्रमण देखिएपछि उनी चैत ७ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगेकी थिइन् । १० गते उनको कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएको थियो ।

यो नेपालमा भेटिएको दोस्रो स्रंक्रमण थियो । त्यसै दिन सरकारले एक हप्ताका लागि लकडाउन घोषणा गरेको थियो ।

Next Post

सडक दुर्घटना हुँदा भारतमा सात जनाको मृत्यु

१५ चैत्र २०७६, शनिबार १६:५८
सदरलाइनडटकम, काठमाण्डौ : भारतमा कर्नाटकको पेड्डा गोलकुण्डामा ट्रक र भ्यान आपसमा ठोक्किँदा सात जना मजदूरको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यो घटना शुक्रवार राति शहरभन्दा केही टाढा भएको थियो । उनीहरु लक डाउन भएपछि घर फर्किरहेका थिए । दुर्घटनामा ज्यान गुमाउनेमा दुई बच्चा पनि रहेका छन् । […]