बाँके क्षेत्र नं ३ को निर्वाचन क्षेत्र विकास अन्तरगतका योजनाहरुको अनुगमन

३ बैशाख २०७४, आईतवार २०:४३
 

सदरलाइनडटकम 
३ बैशाख, नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेले चालु आर्थिक वर्षमा जिल्लामा सञ्चालन गरेका विभिन्न विकास निर्माणका योजना÷कार्यक्रमहरु मध्ये बाँके निर्वाचन क्षेत्र नं. ३ विभिन्न योजनाहरु स्थलगत अनुगमन गरिएको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विकासको लागि संसद विकास कोषबाट विनियोजित ३ करोड रकमका संयोजक बाँकेका संसद बादशाह कुर्मीले विनियोजित रकम र छनौटमा परेका योजना निर्धारित समयमै सम्पन्न गर्नको लागि निरन्तर अनुगमन गर्न आवश्यक रहेको औल्याए ।
उनले भने–‘निरन्तरको अनुगमनले योजना निर्धारित समयमै सम्पन्न हुने र गुणस्तरीयता कायम रहने भएकोले निरन्तर अनुगमन आवश्यक छ ।’ उनले स्थानीय स्तरमा उपभोक्ता समिति मार्फत वा टेण्डर मार्फत हुने विकास निर्माणका काममा जनसहभागिता जुट्नै गाह्रो हुने गरेकोले योजना समयमा सम्पन्न हुन र गुणस्तरीयताको अभाव देखिने बताए ।
अर्का संसद मैकुलाल बाल्मीकीले जिल्ला समन्वय समिति मार्फत संसद विकास कोषबाट हुँदै आएका विकास निर्माण प्रति जनताले पनि अपनत्व लिन आवश्यक भएको बताए । उनले भने–‘यो विकास मेरो लागि हो मैले उपभोग गर्ने कुराको निर्माण हुँदा गुणस्तरमा चासो राख्ने, समयै सम्पन्न र गुणस्तरीयताको साथमा हुनुपर्छ भनेर दवाव दिई रहनु आवश्यक छ ।’
अनुगमनमै सहभागी रहेकी संसद सरबत आरा खानमले आफुले स्थानीय तहको माग अनुसार लबिङ्ग गरेर बजेट विनियोजन गरेका योजनाको स्थलगत अनुगमन गरिदिदा काम गर्नेको पनि मनोबल उच्च हुने तथा समय मै सम्पन्न भएर फच्र्यौट हुन सजिलो हुने गरेको बताईन । उनले नेपालगन्ज नगर भित्र धेरै योजनाहरु थुपार्नु भन्दा नगरमा रहेका नालीको सरसफाई र निकासमा ध्यान दिए मात्र पनि धेरै काम हुने भएकोले नगरको सरसफाईमा ध्यान दिन आवश्यक रहेको औल्याईन ।
जिल्ला समन्वय समिति बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले जिल्लाको विकासको लागि स्वीकृत भएका योजनाहरु जेठ १५ भित्रै निर्माण पुरा गरी अन्तिम भुक्तानीको प्रकृया सुरु गर्ने गरी कार्य अघि बढाईएको बताए । उनले अनुुगमन गरी योजनामा रहेका त्रुटी औल्याउदै त्यसलाई सच्याउनुको साथै गुणस्तरियता कायम गर्नको लागि कडा निगरानी रहने बताए ।
स्थानीय विकास अधिकारी प्याुकरेलले अनुगमनका क्रममा कुनै पनि योजनाको लागत स्टेमेटसहितको सुचना पाटी टाँस नगरिएको पाएकोले ततकाल बोर्ड टाँस्न निर्देशन समेत दिए । सो अनुगमन समितिमा एमाले नगर अध्यक्ष दत्तप्रसाद आचार्य, जिल्ला डिभिजिनल ईञ्जिनियर कमल अधिकारीलगायतको प्राविधिकहरुको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुरक्षा निकायलाई बैशाख ३१ केन्द्रित रहन गृहमन्त्रीको निर्देशन

३ बैशाख २०७४, आईतवार २०:४३
सदरलाइनडटकम ४ बैशाख, नेपालगन्ज : सरकारका उप–प्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले सबै सुरक्षा निकायलाई बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षामा केन्द्रित रहन निदेर्शन दिएका छन् । सोमबार बिहान नेपालगन्जमा मध्यपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको उद्दघाटन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले सो निर्देशन दिएका हुन । उनले मुलुक संघिय संरचना […]