खजुरा गाउपालिकामा निर्वाचनको चर्चा काँग्रेस, एमाले र माओवादीबीच प्रतिष्पर्दा हुने

२४ चैत्र २०७३, बिहीबार १०:०७
 

सदरलाइनडटकम  
२४ चैत, नेपालगन्ज : स्थानीय तह निर्बाचनकोे तिथि नजिकिदै गर्दा हरेक चिया पसल र चौतारामा यो र त्यो उम्मेदवार भन्दै चर्चा चल्दै आएको छ । यस क्रममा बाँकेका ६ गाउँपालिका मध्ये खजुरा गाउँपालिकालाई राजनीतिक दलको विशेष महत्वका साथ चर्चा र दाबेदारी प्रस्तुत गर्दै आएका छन् ।
खजुरालाई नगरपालिका बनाउन सिफारिस गरिए पनि राजनीतिक दल वीच कुरा नमिल्दा अन्तिममा आएर गाउपालिका मै रोकिएको यो ठाउँ नेपालगन्ज र कोहलपुरपछिको खजुरा ठूलो शहर उन्मुख गाउपालिका हो । पुर्नबास कम्पनी मार्फत विभिन्न ठाउँबाट आएका र नेपाली, भारतीय र व्रिटिस सेनाका सेवा निबृत्तहरुको बाक्लो बसोबास रहेको खजुरा विकासको दृष्टिले समेत अगाडी छ ।
खजुरा क्षेत्रमा विद्यालय, खानेपानी लगायत उपभोत्ता समितिको निर्वाचनमा समेत कडा प्रतिष्पर्धा हुने गर्दछ । मधेसी समुदायको समेत बाक्लो उपस्थिति रहेको खजुरा गाउँपालिकामा उम्मेदवारको चर्चा एक महिना अघिदेखि नै सुरु भइसकेको छ । खजुराका चोक–चोकदेखि चियापसलमा निर्वाचन कै चर्चा हुने गरेको छ ।
निर्वाचनको चर्चा सँगै सर्वसाधारणले अड्कलबाजी समेत गर्न थालेका छन् । २० वर्षदेखि स्थानीय तहको निर्वाचन नभएका कारण गाउँपालिकाको प्रमुखमा नयाँ र पुराना धेरै अनुहारले दावी गरिरहेका छन् ।
नेपाली काँग्रेसमा एक दर्जन बढिले गाउँपालिकाको प्रमुखमा दावेदारी गरेका छन् पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठदेखि जिल्ला संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठकुरीका साथै क्षेत्रीय सभापति नक्की खाँ, जनजाती नेता रमेशकुमार सिंजाली, उत्तमराज घिमिरे, रामेश्वर कँडेल, राजेन्द्र कुमार आचार्य, चन्द्र हमाल, देवेन्द्रमान श्रेष्ठ, अर्जुन सिंह पाण्डेको नाम समेत चर्चामा छ । चर्चामा रहेका केही नेताले पार्टी भित्रै उम्मेदवारको दाबी गर्ने बताएका छन् ।
नेकपा एमालेमा पनि धेरैको नाम चर्चामा छ । खजुरा गाउँपालिकाको प्रमुखका लागि एमालेका पूर्व अध्यक्ष नन्दलाल रोकाय, पूर्व जिल्ला सचिव बाबुराम गौतम, एमाले बाँकेका सचिव रत्न खत्री, एमालेका जिल्ला प्रचार बिभाग प्रमुख किस्मत कुमार कक्षपति, प्रदेश नं. ५ का सदस्य बेदनिधि प्याकुरेल, होमनाथ सापकोटा, लाल बहादुर खत्रीको, जिल्ला कमिटी सदस्यद्वय सतिश निरौला र एकमाया विक र पूर्ण बहादुर भण्डारीले समेत गाउँपालिका प्रमुखमा आफ्नो दावी रहेको बताएका छन् । यी नामहरुमा एमाले सचिव खत्री आफ्नो पक्षमा नतिजा पार्न सक्ने दह्रो उम्मेदवार हुन । प्रमुख पुरुष भए उपप्रमुख महिला हुनैपर्ने ब्यवस्थाका कारण विक उपप्रमुखको उम्मेदवार हुने प्रबल सम्भावना छ ।
नेकपा (माओवादी केन्द्र) का तर्फबाट केन्द्रीय सदस्यद्वय डम्बरबहादुर विक ‘तुफान’ र परमानन्द वर्मा, । माओवादी केन्द्रका जिल्ला संयोजक आइपि खरेल, जिल्ला सल्लाहकार कान्तु गौतमको नाम पनि अग्रस्थानमा छ । पार्टी भित्र र स्थानीय स्तरमा लोकपृय रहेका तुफान माओवादी केन्द्रका बलियो उम्मेदवार हुन को नाम पनि पटक–पटक सार्वजनिक हुने गरेको छ ।
राप्रपाका तर्फबाट तेजविक्रम शाह, सजल थापा, मोहनबहादुर खड्का र केवी शाहीको नाम चर्चामा छ । राजमोको तर्फबाट मैमुना खातुन र मानबहादुर भण्डारीको नाम चर्चामा छ । खजुरा गाउँपालिका बागेश्वरी, रनियापुर, सोनपुर, उढरापुर, सीतापुर र राधापुर गाविस पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ईगाउमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता

२४ चैत्र २०७३, बिहीबार १०:०७
सदरलाइनडटकम   २५ चैत, नेपालगन्ज :  शहिद सेतु बिकको जन्मस्थल खजुरा गाउपालिका–४ इ गाउमा  शुक्रवारदेखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । १३ औ शहिद सेतु बिक स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन बाँके क्षेत्र नम्बर ४ का सासद द्लबहादुर सुनारले गरेका हुन । सासद सुनारले क्लबका लागि दुइ लाख सहयोग गर्ने […]

सम्बन्धित