नदीमा बेपत्ता किशोरको शव ३ दिनपछि फेला

सदरलाइन संवाददाता २९ कार्तिक २०७९, मंगलवार १३:२१
 

नेपालगञ्ज : राप्ती नदीमा डुबेर बेपत्ता भएका एक किशोरको शव तीन दिनपछि फेला परेको छ ।

दाङको राप्ती नदीमा शनिबार नुहाउने क्रममा डुबेर वेपत्ता भएका गढवा गाउँपालिका १ बडहराका १६ वर्षीय निश्चल यादवको शव मंगलवार फेला पारेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिए ।


१६ वर्षका निश्चल यादव गत कार्तिक २६ गते साथीहरुसँग नुहाउन भन्दै राप्ती नदीमा गएका थिए । किशोर डुबेर खबर पाए लगतै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी कार्य सुरु गरेका थिए ।

नदीमा डुबेको चौथो दिनमा गोताखोरको टोलीले दुई सय मिटर पश्चिम झोलुङ्गे पुलको नजिकै शव फेला पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

२९ कार्तिक २०७९, मंगलवार १३:२१
जाजरकोट : भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो । भेरी करिडोरको बीचमा पर्ने भेरी नगरपालिका–१ कालेगाउँ धल्दामा निर्माण भइहेको प्रशोधन केन्द्रले यहाँका सर्वसाधारणलाई लाभान्वित […]

ताजा अपडेट