बालबालिकालाई बासद्वारा सहयोग हस्तान्तरण

११ माघ २०७३, मंगलवार १३:२९
 

सदरलाइनडटकम  
११ माघ नेपालगन्ज : बिपन्न तथा निमुखा बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्देश्यले बासद्धारा सञ्चालित बालबालिका सहयोग कार्यक्रम अन्र्तगत ४ जना बालबालिकाहरुलाई सहयोग हस्तान्तरण गरिएको छ । सो कार्यक्रम अन्तरगत टिटिहिरियाका २ जना र राँझाका २ जना बालकहरुलाई सहयोग हस्तान्तरण गरिएको बास नेपालगन्जले जनाएको छ ।
सहयोग पाउनेमा बाँकेको टिटिहिरियामा रहेको श्रीमाध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत नवराज थारु र कक्षा ४ मा अध्ययनरत कृष्ण थारुलाई झोलासहित ५ हजार बराबरको स्टेशनरीका साथै नगद रु ३ हजार प्रदान गरिएको छ । दुबै जना टिटिहिरियाका कृति थारुका छोरा हुन् । मोटरसाईकल दुर्घटनामा परि २ बर्ष अघि बुवा कृतिको निधन भएपछि आमा पनि अन्यत्र बिबाह गरेर गएपछि बिचल्लिमा परेका बालकहरुलाई ७२ बर्षिय हजुरआमा चमेलिया थारुको संरक्षणमा रहेका छन् ।
त्यसैगरी बागेश्वरी मन्दिरमा मागेर जिविकोपार्जन गर्ने रामशिला कामीका नाती र नातिनी राजकुमार बिक र बिनिता बिकलाई आर्थिक सहयोग गरिएको जनाईएको छ । उनीहरुलाई न्यूनतम शुल्कमा अध्ययन गराईरहेको राँझास्थित बिद्या मन्दिर ईंगलिस बोर्डिंग स्कुलकि शिक्षिका कल्पना बराललाई पढाईका लागि नगद रु. ६ हजार प्रदान गरिएको छ भने बालक बालिकाहरुलाई रु २ हजार नगद प्रदान गरिएको थियो । उनीहरुका बुवा मजदुरी गर्न भारत गए पश्चात बेपत्ता भएको र आमाले अर्कै बिबाह गरेकि थिईन् ।
बासकी केन्द्रिय सदस्य राधिका गिरीले सञ्चालन गरेको कार्यक्रममा सहयोग हस्तान्तरण टिटिहिरिया गाविस सचिव तप्तराज आचार्यले गरेका थिए भने कार्यक्रमका बारेमा कार्यक्रम संयोजक बिनोद शर्माले, कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए । केन्द्रीय सदस्य शिब कुमार बर्माले स्वागत गरेको कार्यक्रममा धन्यवाद ज्ञापन केन्द्रीय सदस्य बामदेब पोख्रेलले गरेका थिए । यो कार्यक्रम २०६८ साल देखि सञ्चालित रहेको बासले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्व स्थानीय निकाय पदाधिकारीलाई एमालेको सम्मान

११ माघ २०७३, मंगलवार १३:२९
सदरलाइनडटकम   ११ माघ नेपालगन्ज   :  नेकपा एमाले जनकार्य विभागले २०४९ र २०५४ मा भएको स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित जिविस सदस्य, गाविस अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष, नेपालगन्ज नगरपालिकाका उपमेयर, वडाध्यक्षहरुलाई कदरपत्रसहित सम्मान गरिएको छ । नेकपा एमालेको तर्फबाट बाँकेमा स्थानीय निकायमा विजयी पदाधिकारीहरुलाई मंगलवार गरिएको सम्मान कार्यक्रममा […]

सम्बन्धित