रिपोर्टर्स क्लब नेपालद्धारा अकोरावका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान

२४ पुष २०७३, आईतवार १२:५६
 

सदरलाइनडटकम   
२४ पुस, काठमाडौं   सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का नव निर्वाचित अध्यक्ष सुवास खतिवडाले सामाजिक रुपान्तरणको लागि सरकारले सामुदायिक रेडियोसँग सर्हकार्य गर्नु पर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपाल र नेपाली रेडियो नेटवर्कले नवनिर्वाचित अकोरावका पदाधिकारीलाईे बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष खतिवडाले सामुदायिक रेडियोले सामाजिक रुपान्तरणमा पुर्याएको योगदानलाई राज्यले सही मूल्यांकन गर्न नसकेको गुनासो पोखे।
उनले भने,‘नयाँ नेतृत्वले सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)ले ७० वटा भाषाभाषिका कार्यक्रम सञ्चालन गरिरहेको छ, भावि पुस्तामा मातृभाषा हराउने डरको अन्त्य गर्न यस्ता खाले कार्यक्रमले सहयोग गर्नेछ, नयाँ जोश र जागँरका साथ आउनु भएको छ उहाँहरूले आफ्ना भाषाको लवजमा कार्यक्रम सञ्चालन गर्नुहुनेछ।’
अध्यक्ष खतिवडाले अघि थपे,‘अन्य सञ्चार माध्यम भन्दा पछाडि परेका गाउँ बस्तीहरूमा फरक भूमिका खेलेको छ, पढ्न र लेख्न नसक्ने मानिसको निर्विकल्प स्रोत भनेको यहि रेडियो हो।’
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपालको सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकोमा प्रशंसा गर्दै खतिवडाले भने,‘सञ्चार क्षेत्रको बिकासमा रिपोर्टर्स क्लब नेपालले खेलेको भूमिका अतुलनिय छ।’ उनले अघि थपे,‘ऋषिजि राती ११ बजे सुत्नुहुन्छ र बिहान ४ बजे उठेर रेडियोमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, यो क्रियाशिलतालाई सबै साथीहरूले बुझ्नुपर्छ।’
क्लबका सभापति ऋषि धमलाले अकोरावका नवनिर्वाचित अध्यक्ष खतिवडालाई बधाई दिँदै भने,‘सुवासजी रेडियोको मर्म र भावना बुझेको मान्छे हो, त्यसैले सामूदायिक रेडियाको विकासका लागि तपाईको नेतृत्वले महत्वपूर्ण योगदान पुर्याउनेछ, यो नेतृत्वले फरक काम गरेर सबैको मन जित्नेछ भन्ने मेरो विश्वास छ।’ देशका कुना–कुनामा रेडियो पहुँच व्यापक भएकोले सामूदायिक रेडियोले आगामी दिनमा पनि अझै सशक्त र सबल भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको धमलाले बताए।



त्यस्तै बधाई कार्यक्रममा नव निर्वाचित बरिष्ठ उपाध्यक्ष अजुर्न गिरीले सामुदायिक रेडियोभित्र निक्कै चुनौति रहेको भन्दै लोकतान्त्रिक पद्धतिद्धारा चयन भएको नेतृत्वले समस्या समाधान गर्ने बताए।
उनले भने,‘रेडियोको आर्थिक बिकास र सवल जनशक्तिको उत्पादनमा तीन बर्षे नवनिर्वाचित कार्य समितिले काम गर्नेछ।’
नव निर्वाचित महासचिव गोविन्द देवकोटाले रिपोर्टर्स क्बल नेपाल र नेपाली रेडियो नेटवर्कले सामुदायिक रेडियो प्रसारक संघको नयाँ कार्यसमितिलाई बधाई कार्यक्रम राखेर रेडियोको आन्दोलनमा ऐक्यवद्धता जनाएकोमा धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तरुण दलको बन्द दोस्रो दिन पनि जारी बन्दले जनजीवन प्रभावित

२४ पुष २०७३, आईतवार १२:५६
सदरलाइनडटकम   २५ पुस, नेपालगन्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरले आफ्ना कार्यकर्ता तथा तरुण दल बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति पक्राउको विषयलाई लिएर तरुणदल बाँकेले आयोजना गरेको बाँके बन्द आज सोमबार पनि जारी छ । तरुणदलको बन्दका कारण नेपालगन्ज तथा कोहलपुरबाट सञ्चालनमा आउने लामो तथा छोटो दुरीका सवारीका […]