भुरीगाँउमा निर्माणाधिन विद्युत सवस्टेशनको काम चैत्रभित्रै सकिने

२२ पुष २०७३, शुक्रबार ०६:१८
 

बिनोद अधिकारी/सदरलाइन 
२२ पुस, भुरिगाउँ (बर्दिया)  : वारम्वर लाईन जाने अनि अत्याधिक लोडसेडिङ्गको चपेटामा परेका वर्दिया भुरीगाउंका स्थानीयवासिले त्यो हैरानिवाट मुतिm अव छिट्टै पाउने भएका छन् ।
अत्याधिक लोडसेडिङ्ग, लो भोल्टेज, रुखका हाँगा खस्दा पटक– पटक तार चुडिँने र तोकीएको समयमा बत्ती नआउँदा हैरानी खेप्नु परेको बर्दिया बगनाहा, भुरीगाउँ क्षेत्रका स्थानीयहरुले अब त्यो समस्याबाट केही महिनाबाट मुक्ति पाउने भएका छन् ।
बर्दियाको भुरीगाउँ बजार नजिक बलातीमा निमार्ण भई रहेको भुरीगाउँ विद्युत सवस्टेशनको काम २०७३ चैत्र महिना भित्रै सकिने भएको छ ।
निर्माणाधिन अवस्थामा रहेको भुरीगाउँ सवस्टेशनको काममा कुनै प्राविधिक समस्या नआएमा चैत्र मसान्त भित्रै सवस्टेसनको कार्य सम्पन्न गरीसक्ने भुरीगाउँ सवस्टेशनका साईट ईन्चार्ज देवराज शर्माले जानकारी दिए ।
सवस्टेशनको सम्पुर्ण काम सम्पन्न गरी सकेपछी करीब दुईदेखि ३ महिनासम्म परीक्षण स्वरुप लाईन विस्तार गरेर हस्तान्तरण गर्ने शर्माले बताए । संविधान जारी भएपछी असन्तुष्ट पक्षलेको आन्दोलनको कारण केही सामानहरु समयमा आउन नसक्दा निर्माणको काम झण्डै ६ महिना ढिला सुरु हुन पुगेको बताईएको छ ।
‘आन्दोलनले गर्दा काम प्रभावित नभएको भए अहिलेसम्म सवस्टेसनको काम सम्पन्न भईसक्ने थियो’–शर्माले भने । यस क्षेत्रको समस्यालाई मध्यनजर गर्दै तोकिएको समयभन्दा अघि नै निमार्णको काम सम्पन्न गर्ने योजना अनुसार सवस्टेशनको कामलाई तिब्रता दिईएको आयोजनाले जनाएको छ ।
बाँकेको कोहलपुर हुँदै बर्दियाको सदरमुकाम गुलरियाबाट निकुञ्ज फिडर अन्र्तगत सानोश्री, बगनाहा हुँदै भुरीगाउँ ठाकुरद्धारा तर्फ आउने विद्युत लाईनमा अत्याधिक लोडसेडिङ्ग, लो भोल्टेज र सडक किनारमा रुखका हाँगा खस्दा तार चुडिँने समस्याले गर्दा सहज रुपमा विद्युत प्रयोग गर्न नपाउने समस्या रहेको छ ।
सव स्टेशन संञ्चालनमा आएको खण्डमा यहांँका छापाखाना , रेडिायो तथा घरेलु उद्योगहरुलाई समेत टेवा पुग्ने स्थानीय वताउंछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मलेसियाका बिभिन्न सहरहरुमा १६ औ फ्रेन्डसिप धमाका

२२ पुष २०७३, शुक्रबार ०६:१८
दिनेश खड्का खप्तडी/ सदरलाइन  २२ पुस, मलेसिया : चाईनिज नया वर्षको बिशेष अवसरका साथै दृष्टिविहिन गायक प्रकाश तिमिल्सिनाको उपचारको लागि सहयोग जुटाउने उदेश्यले १६ औ फ्रेन्डसिप धमाका मलेसियाका बिभिन्न सहरहरुमा सांकृतिक कार्यक्रममा हुने भएको छ । सो कार्यक्रममा नेपालबाट चर्चित नायिका प्रीयंका कार्की, स्वरकी धनी चर्चित लोकदोहोरी गायिका देवि घर्ती, […]

सम्बन्धित