सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ गणेशपुरमा एकजना मृत फेला परेका छन् । गणेशपुरास्थित कलुवापुर बेलौरी सडकको कल्भर्टनजिकै ४० वर्षीय रमेश विष्ट बिहीवार मृत अवस्थमा फेला परेका हुन् ।
बैतडीको पुर्चौडी नगरपालिका ८ हाट घर भएका विष्टको मृत्युको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए । मृत्युको कारणबारे अनुसनधान भइरहेको उनले बताए । मृतक विष्ट बैतडीको पुर्चौडी नगरपालिका ८ हाट घर भई हाल गणेशपुरस्थित दाजुको घरमा बस्नका लागि आएका थिए ।
