विष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाए, विश्व रेकर्ड ताडेको दाबी

१७ पुष २०७३, आईतवार ११:३१
 

सदरलाइनडटकम 
१७ पुस, काठमाडौं : कैलाली स्थायी घर भएका भरत बिष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर विश्व रेकर्ड तोडेको दाबी गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यहाँ भन्दा पहिले अमेरीकन नागरिक फ्याट्रिक ल्याटिको नाममा रहेको आधारिक किर्तिमानी आफुले तोडेको दाबी गरेका हुन् ।
उनले पहिलो प्रयासमा एक मिनेटमा ३१ वटा खाएका थिए भने पछिल्लो प्रयासमा एक मिनेटको समयमा ४२ वटा पोटी खाएका हुन ्। तथापि उनले एक मिनेटमा ४२ वटा लसुनका पोटी खाए पनि गिनिजबुकले आधिकारिक रुपमा उनले खाएको भिडियो हेरेर मात्र रेकर्डलाई मान्यता दिने जनाए ।
बिष्टले हात र खुट्टाको जुनसुकै औंलाले कलम समातेर उत्तिकै छिटो लेख्न सक्ने बताउँदै खाना खाँदा लसुन खाईरहने भएको कारण आफुले यो रेकर्ड तोड्ने सक्ने विश्वासका साथ यो रेकर्डको लागि आफु तयार रहेको भन्दै यो जोखिम मोलेको बताए ।
उनले अघि थपे,‘मानिसले तीन केजिसम्म लसुन खान सक्छ, त्यसैले मलाई पनि केही हुँदैन, बानि नपरेकालाई एक दुईवटा पोटाले नै घुमाउँछ, मैले कैलाली रहँदा रेडियो र स्कुलमा क्रमश ४९ र ४२ पोटा खाएको थिए, मेरो सिर्जनाले यो देशलाई चिनाउन सहयोग गर्न सक्छ भने म किन तयार नहुने ? मैले अघिबाट र पछाडिबाट उहि समयको रफ्तारमा पढ्न पनि सक्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्यटन पत्रकार संघ बाँके गठन, अध्यक्षमा केसी

१७ पुष २०७३, आईतवार ११:३१
सदरलाइनडटकम   १७ पुस, नेपालगन्ज : पर्यटनका क्षेत्रमा कलम चलाउने पत्रकारहरु संगठित भएका छन् । आईतबार नेपालगन्जमा भएको एक भेलाले अमृता केसीको अध्यक्षतामा नेपाल पर्यटन पत्रकार संघ बाँके गठान भएको छ । बाँकेमा क्रियाशिल पत्रकारहरुको एक भेलाले आइतबार ७ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । केसी राष्ट्रिय समाचार समिति, […]