विकास बजेट समयमै कार्यान्वयन गराउन मदन भण्डारी फाउण्डेशनको दवाव

१३ पुष २०७३, बुधबार १३:५७
 

सदरलाइनडटकम  
१३ पुस, नेपालगन्ज : जिल्लामा विनियोजित विकास वजेट तोकिएको आर्थिक वर्ष भित्र कार्यान्वयन गर्न मदन भण्डारी फाउण्डेशन बांँकेले दवाव दिएको छ । बांँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई ज्ञापनपत्र वुझाउंदै फाउण्डेशनले बजेट फ्रिज हुन नदिन ध्यानाकर्षण गराएको हो ।
ज्ञापनपत्र वुझाउदै मदन भण्डारी फाउण्डेशन बांँकेका अध्यक्ष सुर्य ढकालले गाउं, नगर, जिल्ला परिषद र केन्द्रवाट पारित भई विनियोजित रकम पारदर्शी रुपमा कार्यान्वयनमा लैजान माग गरे ।
विगतमा समयमै काम नहुने,गुणस्तर कम हुने र अन्तिम समयमा हतार हतार काम हुने गरेको भन्दै त्यसो हुनवाट रोक्न प्रजिअलाई ढकालले आग्रह गरेका हुन । उनंले कुनै पनि वाहानामा जिल्लामा विनियोजित रकम फ्रिज हुने वतावरण अन्त्य गर्न फाउण्डेशनले स्थानीय र केन्द्रीय स्तरमा निरन्तर दवाव दिने वताए । जिल्लालाई समृद्ध बनाउने योजनामा प्रजिअको महत्वपूर्ण भुकिका हुने भन्दै फाउण्डेशनले अनुगमन र निर्देशन बढाउन आग्रह समेत गरेको छ ।



यसैविच ज्ञापनपत्र वुझ्दै बांँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जिल्लाको विकास निर्माणमा मदन भण्डारी फाउण्डेशनले चासो दिएको भन्दै प्रशंसा गरे । उनले प्रत्येक महिना जिल्लाका कार्यालय प्रमुखहरुसंगको छलफलमा पनि यी कुरा उठ्ने गरेकोले यसवर्ष विकास वजेट समयमै कार्यान्वयन हुने प्रतिबद्धता जनाउदै सवैको सहयोग र अनुगमनमा मात्र काम समयमै पारदर्शी रुपले सम्पन्न हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओ त्सेतुङ्ख प्रति शब्द श्रद्धा

१३ पुष २०७३, बुधबार १३:५७
बिश्व सर्बहारा बर्गका नेता मध्येका एक चीनका महान् नेता माओत्सेतुङ्ग मानिन्छन् । माओको जन्म २६ डिसेम्बर १८९३ मा भएको थियो भने निधन ९ सेप्टेम्बर १९७६ मा भएको थियो । चीनीयाँ समाजको आमूल क्रान्तिकारी परिवर्तनको राजनीतिक बिचार, सिद्धान्त र नीतिका प्रतिपादक तथा चीनीयाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ त्सेतुङ्गकै नेतृत्वमा लामो समयको […]