सरकारी सेवा घर दैलोमा दिनको लागि एकीकृत घुम्ती शिविर (फोटो कथासहित )

१२ पुष २०७३, मंगलवार ११:५३
 

सदरलाइनडटकम .
१२ पुस, नेपालगन्ज : बाँकेका सुदूरपूर्वी गाविसहरुमा मंगलबार एकदिने घुम्ती शिविर सञ्चालन गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले शिविरको उद्दघाटन गर्दै भने–‘ स्थानीयबासिका लागि लक्षित गरी घरदैलोमा नै सरकारी सेवा पुराउने उद्देश्यले घुम्ती शिविरको आयोजना गरेको हो ।’
बाँकेको खासकुस्मा, कचनापुर, महादेवपुरी, विनौना र बैजापुर गाविसका जनतालाई सेवा दिने उद्देश्यले कचनापुर–१ अगैयामा एकदिने घुम्ती शिविरको आयोजना गरिएको हो । बाँके खासकुस्मा–४ की गायत्री पुनलाई नागरिकता बितरण गरेर सो घुम्तीे शिविरको उद्दघाटन गरिएको थियो ।
जिल्ला प्रशाशन कार्यालय बाँकेको टोलीले नागरिकता वितरण, जिल्ला विकास समिति बाँके र सम्बन्धित गाविसले विभिन्न खालका सिफारिस, महिला तथा बालबालिका कार्यालयले अपाङ्ग, ज्येष्ठ नागरिक परिचय पत्र बितरण, निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा परिचयपत्रको फोटो खिच्ने, जिल्ला कृषि विकास कार्यालयबाट किसान परिचयपत्र तथा माटो परिक्षण तथा बालिमा लाग्ने रोगको बारेमा परामर्श दिईएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले स्वास्थ्य जाँच गरी औषधि वितरण, जिल्ला आयुर्वेद र आँखा अस्पतालले स्वास्थ्य जाँच, जिल्ला पशु सेवा कार्यालयले पशु चेकजाँच, जिल्ला शिक्षाले शैक्षिक प्रर्दशनी, जिल्ला प्रहरी बाँके महिला सेलले हिंसा बिरुद्ध जनचेतना, खानेपानी कार्यालयले पानी परिक्षण लगायतको सेवा दिएको छ । सो कार्यक्रममा ५ गाविसका सयौले सरकारी कार्यालयबाट दिने सेवा आफ्नै घर दैलोबाट लिएका थिए । कार्यक्रममा सेवाग्राही कार्यालयका कार्यालय प्रमुख अगैया पुगेका थिए । फोटो रुद्र सुवेदी/सदरलाइन

 


 

    d

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहयात्रा साहित्यिक समुहको रचना वाचन अभियानको श्रृखला–३

१२ पुष २०७३, मंगलवार ११:५३
सदरलाइनडटकम  १२ पुस, नेपालगन्ज  : नेपालगन्जमा रहेका युवा साहित्यकारहरुको समुह सहयात्रा साहित्यिक समुहले वुधवार रचना वाचन अभियानको श्रृखला–३ सम्पन्न गरेको छ । नेपालगन्जका विभिन्न कलेजहरुमा गई विद्यार्थीहरु संगै रचना वाचन सुन्ने रसुनाउने अभियान अन्र्तगत वुधवार भएको कार्यक्रममा कविद्धय पुर्ण समिर महतारा र वीपी अस्तुको संयुक्त रचना वाचन गरीएको छ । नेपालगन्जको […]