आन्दोलनको स्वरुप फेर्दै आन्दोलनकारी दलहरु

४ पुष २०७३, सोमबार १३:०५
 

सदरलाइनडटकम , 
४ पुस, नेपालगन्ज : ५ नम्बर प्रदेशबाट तराई र पहाडका जिल्ला अलग गर्ने संविधान संशोधन प्रस्तावका बिरुद्ध आन्दोलनमा उत्रिएका राजनीतिक दलहरुको संयुक्त संघर्ष समितिले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ ।
आईतबारसम्म आमहड्ताल गरेको समितिले सोमबारबाट जनपरिचालन जस्ता रचनात्मक आन्दोलनको कार्यक्रमहरु शुरु गरेको जनाएको छ । आमहड्तालले जनतालाई सास्ती भएको भन्दै आन्दोलनको स्वरुप फेरेको हो ।
सोमबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले शहरदेखि ग्रामिणक्षेत्रका जनताहरुसम्मलाई आन्दोलनमा सहभगि गराउने बिशेष कार्यक्रम गर्न लागिएको बताएका छन् ।
उनले आन्दोलनको समिक्षा गर्नुका साथै आन्दोलनको भावी कार्यक्रमका बारेमा जानकारी दिनका लागी पत्रकार सम्मेलन गरिएको बताए ।
आन्दोलन गर्दै आएका नेकपा एमाले बांकेका अध्यक्ष कोइराला, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गौरीलाल कार्की, कृष्ण पाण्डे, नेपाल मजदुर किसान पार्टीका बखत थापा, मसालका जगदिश ढकाल, परिवार दलका पदम शाक्य, माले लगायत दलका नेताहरुले आन्दोलनको समिक्षा गरे ।



एमाले बांकेका अध्यक्ष कोइरालाले तीन दिने आन्दोलनमा जनताको पूर्ण सहयोग पाएको भन्दै आन्दोलन सफल भएको बताए । उनले भने,–‘सरकारमा रहेका दलका नेता तथा कार्यकर्ताहरुको पनि समर्थन देखियो । सार्वजनिक हुन नचाहे पनि उहांहरुले हाम्रो आन्दोलनलाई समर्थन गर्नुभएको छ ।’
अध्यक्ष कोइरालाले अब बन्द, हड्ताल भन्दा रचनात्मक आन्दोलनमा जोड दिइन थालेको बताए । यस्तै ५ गते युवा बिद्यार्थीहरु सहभागि हुने गरी बिभिन्न स्थानमा जुलुश प्रदर्शन गरिने छ ।
मंसिर ६ गते महिलाहरुको जुलुश प्रर्दशन गरिने भएको छ । ७ गते उद्योगी, ब्यवसायी, कर्मचारीहरु र ८ गते गाउमा र शहरमा मोटरसाईकल ¥याली गरिने छ । ९ गते राजमार्ग र सहायक राजमार्गमा सवारीसाधानहरु प्रदर्शन गर्ने र मंसिर १० गते बिभिन्न स्थानमा सहभागि भई राष्ट्रिय झण्डा सहित ५ नम्बर प्रदेश अलग हुन नदिनका लागी सपथ खाने प्रतिबद्धता जनाउने कार्यक्रम सार्बजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिवारी हत्याको बिरोधमा एकघण्टा चक्काजाम

४ पुष २०७३, सोमबार १३:०५
सदरलाइनडटकम   ५ पुस, नेपालगन्ज : एमाले भातृसंगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको बिरुद्ध युवासंघ नेपाल बाँकेले नेपालगन्ज र कोहलपुरमा बिरोध जनाउन एक घण्टा चक्का जाम गरेको छ । युवा संघ बाँकेका अध्यक्ष किशोर थापाले दिएको जानकारी अनुसार घटनाको विरोध जनाउनको लागि केन्द्रको निर्देशन अनुरुप पहिलो चरणमा […]