सार्वजनिक विदा खोसिएको बिरोधमा ख्रिष्टियन महासंघले आन्दोलन गर्ने

३० मंसिर २०७३, बिहीबार १२:३६
 

सदरलाइनडटकम, 
३० मंसिर, काठमाडौं : राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालले सार्वजनिक बिदालाई कायम गराउनको लागि सरकार समक्ष तीन बुँधे माग अघि सारेको छ । विहिबार रिपोर्टर्स क्लव नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर गृह मन्त्रालयले हालै सार्वजनिक गरेको २०७३ सालका विदा सम्बन्धी सूचनामा ख्रिष्टमसको सार्वजनिक विदा कटौती गरी ईसाई सरकारी कर्मचारीलाई मात्र सिमित गरिएकाले सो कार्यलाई यथाशिघ्र फिर्ता लिई ख्रिष्टमसलाई सार्वजनीक विदा कायम गर्नुपर्ने, विगतमा गरिएका तीन बुँदे र ६ बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने लगायतका मागहरू अघि सारेको हो ।
कार्यक्रमा मानव अधिकारकर्मी चरण प्रसाईले सरकारले गर्ने काम भन्दा पनि नगर्ने कामहरु निरन्तर गर्दै आएको आरोप लगाए । उनले अघि थपे,‘राज्यले जतिसुकै धर्मवालम्बीहरू छन्, उनीहरूलाई समान रुपले सम्मान गर्नुपर्छ, राज्यले विभेदकारी नीति अवलम्बन गर्नु हुँदैन ।’
ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष सिबि गहतराजले २०६४ साल देखि ख्रिष्टियन समुदायले प्राप्त गरेको सार्वजनिक बिदा पूर्ववर्ति केपि शर्मा ओलीको सरकारले बिना कारण हटाएकोमा गम्भीर आपत्ति जनाए ।
गहतराजले यदि सरकारले सबै धर्मवालम्बीहरूलाई समान तरिकाले हेर्न सकेन भने त्यो भन्दा दुःखद कुरा अरु केही नहुने भन्दै सार्वजनिक रुपमा ईसाई समुदायले खाईपाई आएको विदालाई खोसिनु लोकतन्त्रको मर्म विपरीत काम भएको बताए ।
उनले अघि थपे,‘लोकतन्त्र, गणतन्त्र, संघियता र धर्मनिरपेक्षताको खातिर लड्नु भएका पुष्पकमल दाहाल प्रचण्डले यो ख्रिसमसको विदालाई पुर्व स्थान र मिति अनुरुप कायम गराउनु पर्छ, गृहमन्त्री विमलयन्द्र निधिले यसको रक्षा गर्न सक्नु पर्छ, यदि सरकारले हाम्रा आवाज सुनेन भने पौष तीन गते देशव्यापि ज्ञानपन पत्र बुझाउँने, त्यसपछि देशव्यापी आन्दोलन गर्ने तयारी हामी छौँ ।’

सरकारले ख्रिष्टमसमा राष्ट्रिय बिदा नदिएको ईसाई समुदायको गुनासो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हत्यामा संलग्नलाई कडा कारवाही गर्न दलित अगुवाको माग

३० मंसिर २०७३, बिहीबार १२:३६
सदरलाइनडटकम,  ३० मंसिर, काठमाण्डौं : गत मंसिर २० गते काभ्रेपलाञ्चोक सानो वाङथली ७ की ३२ वर्षिया लक्ष्मी परियारको हत्यामा संलग्न व्यक्तिलाई कडा कारवाही गर्नको लागि दलित अगुवाहरूले राज्यसमक्ष पाँच बुँदे माग अघि सारेका छन् । बिहीबार रिपार्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर लक्ष्मी परियारका हत्यारालाई तत्काल कारवाही गर्नुपर्ने, राजनीति तथा […]