नेपालगन्जमा फिल्म फेस्टिवल हुदै

८ मंसिर २०७३, बुधबार ०४:५८
 

सदरलाइनडटकम  unnamed
८ मंसिर, नेपालगन्ज : नेपालगन्जमा नेपाल ईन्डिपेन्डेन्ट फिल्म फेस्टिभल हुने भएको छ । सो फेस्टिभलको व्यवस्थापन अन्तरालले गर्ने जनाईएको छ । आगामी पुस ११ गतेदेखि आयोजना गरिने सो फेस्टिभलका अवसरमा डकुमेन्ट्री निर्माण सम्वन्धी कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ ।
२ दिनसम्म सञ्चालन हुने सो फेस्टिवलमा राजधानी काठमाण्डौवाट हरि थापा लगायतका डकुमेन्ट्री निर्माता एवं फिल्म निर्देशक समेत सहभागी हुने बताईएको छ ।
फेस्टिवलको आयोजनाले यस क्षेत्रको विभिन्न विषयको समेत उजागर गर्न निर्माताहरुलाई ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ ।‘ फेस्टिवलमा आयोजना हुने कार्यशाला नयाँ निर्माताहरुका लागि कोशेढुंगा सावित हुनेछ ’– अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने ।
फेस्टिवल सफल पार्नको लागि अन्तरालले राजनीतिक दल, नागरिक समाज , विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरु , विद्मार्थी लगायत सवैमा समस्त संचारकर्मीलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी स्कुल र मध्यपश्चिम क्लब बिजयी

८ मंसिर २०७३, बुधबार ०४:५८
बैशाली कप अण्डर–सिक्सटिन टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता सदरलाइनडटकम,   ८ मंसिर, नेपालगन्ज  : नेपालगन्जमा जारी बैशाली कप अण्डर–सिक्सटिन टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा भेरी स्कुल र मध्यपश्चिम क्लब बिजयी भएको छ । बुधबार विहान भएको पहिलो खेलमा भेरी स्कुलले डीएसपी रकर्स क्लबलाई ६ विकेटले परजित गर्दै विजयी यात्रा सुरु ग¥यो । रकर्सले पहिलो ब्याटिङ […]