फुटबलर पुजालाई गृहनगरमा स्वागत

सदरलाइन संवाददाता २० कार्तिक २०८१, मंगलवार १८:५२
 

कोहलपुर (बाँके) :  नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पुजा रानालाई गृह जिल्लामा नगदसहित भब्य स्वागत गरिएको छ ।

कोहलपुर–१२ निवासी रानालाई कोहलपुर नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि नगद ५१ हजार सहित सम्मान गरेको हो ।


सम्मान कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कोहलपुरले आगामी दिनहरुमा पुजा जस्ता धेरै खेलाडीहरु उत्पादन गर्ने बातावरण निर्माण गरिरहेको बताउए ।

उनले कोहलपुरमा खेलाडी उत्पादनका हिसावले उर्वरभूमि रहेको हुँदा बिगतमा पनि कोहलपुरमा राष्ट्रिय खेलाडीहरु रहेको र भोलीका दिनमा पनि राष्ट्रिय टिममा पर्नसक्ने क्षतावान खेलडी उत्पादनमा लागि रहेको बताए ।

फुटबलर रानाले हालै साफ महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा बंलादेशसँग पराजित हुँदै नेपाल उप विजेता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको डुडुवा गाउँपालिकाद्वारा राप्ती नदीमा शबदाह गृह निमार्ण गर्दै

२० कार्तिक २०८१, मंगलवार १८:५२
डुडुवा (बाँके)  : बाँकेको डुडुवा गाउँपालिकाले सिद्धनियाँ घाट राप्ती नदीमा शबदाह घाट निमार्णलाई तीब्र पारेको छ । डुडुवा गाउँपालिकाले वार्ड नंं–५ को राप्ती नदीको पुल नजिकै शबदाह घाट निमार्ण गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जिल्लाका विभिन्न स्थानबाट शब लिएर अन्त्यष्ठिको लागि घाटमा आउने मलामीहरुका लागि बस्ने हल, काठ […]