सडक दुर्घटनामा एकको मृत्यु एक घाइते, अवस्था गम्भीर

१६ कार्तिक २०७३, मंगलवार ०३:५७
 

सदरलाइनडटकम , Accident
१६ कात्तिक, नेपालगन्ज :  पूर्वपश्चिम राजमार्गको कोहलपुर–बाँसगढी सडकखण्डको मदनचोक नजिकै मंगलबार विहान भएको सडक दुर्घटनामा एकको मृत्यु हुनुको साथै एक गम्भीर घाइते भएका छन ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक सुरेशप्रसाद काफ्लेले दिएको जानकारी अनुसार विहान ६ः३० बजे बाँसगढीबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ ज ६९६ नम्बरको जिपले सोहि दिशाबाट आई रहेको साइकललाई ठक्कर दिंदा कोहलपुर नगरपालिका–१० कि १८ बर्षिया रचना शाहिको मृत्यु भएको र बनकटवा ७ का संदेश कुँवर गम्भीर घाइते भएका छन ।


घाइते कुँवरलाई उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ । गाडि चालक घटना पछि फरार रहेको प्रहरीले जनाएको छ । तीब्र गति र सह चालकले चलाएको कारण नियन्त्रणमा लिन नसकेकोले सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज डिएस्पी काफ्लेले सदरलाइनलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा यू–१६ टि–२० क्रिकेट प्रतियोगिता हुदै

१६ कार्तिक २०७३, मंगलवार ०३:५७
 सदरलाइनडटकम, १७ कात्तिक, नेपालगन्ज :  बाँकेका गामिण क्षेत्रका दूरदराजमा लुकेर बसेका खेलप्रतिभाको खोजिको लागि यू–१६ टि–२० क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ । लुकेका र क्षमतावान क्रिकेट खेलाडीको पहिचान गरि नेपालगन्जबाटै राष्ट्रियस्तरको टिम तयार गर्ने उद्देश्यले नेपालगन्जमा सो प्रतियोगिताको आयोजना गर्न लागिएको हो । विद्यालय र विभिन्न क्लवमा आवद्ध १६ […]