काठमाण्डौका अस्पतालमा रेफरै रेफर गर्दा गयो पार्वतीको ज्यान

३० आश्विन २०७३, आईतवार ०५:१४
 

उपचारको खर्च १७ हजार नदिएसम्म अस्पतालले शव नदिदा दिनभर अस्पतालमै शव, काठमाण्डौका उज्ज्वल थापालगायतको सहयोगले शव ल्याईयो गृह जिल्ला

सदरलाइनडटकम,  birami copy
३० असोज,नेपालगन्ज : आर्थिक अभावले घरमै थला परेकी बाँके मनिकापुर–४ हालको नेपालगन्ज–२६ नयाँबस्ती थपुवाकी गर्भवती किशोरीलाई उपचारको लागि काठमाण्डौ पठाईए पनि काठमाण्डौमा रेफरै रेफरका कारण उनको मृत्यु भएको छ । बाँके मनिकापुर–४ नयाँवस्तीकी गर्भवती पार्वती बिक थापा आर्थिक अवस्था नाजुक भएको अवस्थामा अत्यधिक रक्तश्राव भई घर मै रहेको अवस्थामा उनको उद्दार गरी बुद्ध एयरको उडानबाट काठमाण्डौ पु¥याउदा पनि उनलाई काठमाण्डौका अस्पतलले रिफरै रिफर गरेको कारण रगत सकिएर मृत्यु भएको आफन्तले गुनासो गरे ।
उसो त बाँकेमा आमा सुरक्षा कार्यक्रमको लागि करोडौ रुपैयाँको विभिन्न परियोजनाहरु सञ्चालनमा आएका छन् । ती परीयोजनाहरु केवल कागज मै मात्र सिमित भएको प्रत्यक्ष उदाहरण हो नेपालगन्ज उपमहानगरपालिका भित्रैको एउटा टोलमा १० दिनदेखि रगतको आहालमा डुब्दा समेत उनको उपचारको लागि कसैले चासो नदिनु ।
माईतीमा आमाबुवा समेत नभएकी पार्वतीको पालनपोषण हजुर आमाले गरेकी थिईन । स्थानीय दिपेन्द्र थापासंग प्रेममा परेर अन्तरजातिय विवाह गरेकी उनी ६ महिनाको गर्भवती थिईन । विगत १० दिनदेखि रक्तश्रावको समस्या देखिएपछि समस्या सुरु भएको हो । उनको दिसा–पिसाव र वान्ता गर्दासमेत रगत बगिरहेको थियो ।
उपचारका लागि उनलाई भेरी अञ्चल अस्पताल र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लगे पनि त्यहाँ उपचार सम्भव नभएपछि उपचारको लागि काठमाडौँस्थित वीर अस्पताल रेफर गरिएको उनका पति दीपेन्द्रले बताए । आर्थिक अवस्था नाजुक भएको र घरपरिवारले समेत वास्ता नगर्दा अत्याधिक रक्तश्रावका कारण पेटमा रहेको बच्चासमेत चल्न बन्द भएको थियो ।
‘काठमाण्डौको बीर अस्पतालमा उपचारको लागि पु¥याएको भएपनि पार्वतीलाई बीर अस्पतालले टिचिङ्ग अस्पताल महाराजगन्ज रिफर ग¥यो । रगत कै आहाल मै टिचिङ्ग अस्पताल पु¥याए पनि पार्वतीलाई टिचिङ्ग अस्पतालले पनि प्रसुती गृहमा रेफर ग¥यो । प्रसुतीले पनि शिवज्योती अस्पताल बल्खुमा रिफर गरिदियो पार्वतीले शनिबार बिहान ५ बजे शिवज्योती अस्पतालमा प्राण त्यागिन’–मृतक पार्वतीका ठूलो बुवा विष्णु विकले भने ।
उनले नेपालगन्जबाट बुद्ध एयरको उडानबाट काठमाण्डौको बीर अस्पताल पु¥याउदा ७ बजेको भएपनि विरबाट टिचिङ्ग, प्रसुती गृहबाट शिवज्योती पु¥याउदा १ बजेर २० मिनेट भएको बताए । पार्वतीले शनिबार बिहान ५ बजेतिर देह त्यागेको उनले बताए ।
नेपालगन्जबाटै छरछिमेकले अलिअलि पैसा उठाएर पठाएको उनको शव अस्पतालले उपचारमा लागेको खर्च १७ हजार नदिएसम्म शव लिन नदिएपछि शनिबार दिनभरी हारगुहार गरेको बताए । उनले भने–‘बचाउन ल्याएका थियौ सकिएन अस्पताल अस्पताल चाहार्दा चाहार्दै समय खेर गयो रगत पनि सकियो ज्यानपनि गयो । शवलाई लैजानको लागि पनि १७ हजार अस्पतालले नलिई दिएन । हामीसंग त्यति छैन भन्दा पनि मानेन ।’
नेपाल प्रेस सेन्टरकी उपाध्यक्ष लक्ष्मी पुन आफन्तको विबाहमा बिहीबार नयाँबस्ती पुगेको अवस्थामा स्थानीयले पार्वतीको उपचारको लागि घर–घरबाट आर्थिक सहयोग उठाउन आएपछि उनले पनि सुरुमा ५ सय दिएर पठाएको समस्या जटिल भएको बुझेपछि उपचारको लागि पहल गरेर काठमाण्डौ पठाईएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले पार्वती र उनका पतिको लागि काठमाण्डौ जाने हवाई टिकट मिलाई दिए पनि बिहीबार बिहानै काठमाण्डौ पठाउने तरखर गर्दागर्दै विरामी लिएर एयरपोर्टको मुख्य ढोेकामा पुग्दा नपुग्दै विहानको जाहाज उडेको कारण साँझको ५: ३० बुद्ध एयरबाट काठमाण्डौ पठाईएको थियो ।

अस्पतालको विल तिर्ने पैसा नहुँदा दिनभरी अस्पतालमै शव

१० दिनसम्म रगतको आहालमा डुबेकी पार्वतीलाई बचाउन बाँकेमा गरिएको प्रयास खेर गएको छ । प्रधानमन्त्री कार्यालयको पहलमा काठमाण्डौ पठाईएको भएपनि सरकारी अस्पतालले उपचारको साटो रिफरै रिफर गर्दा उनको शिवज्योति अस्पतालमा निधन भयो ।
पार्वतीले देहत्याग गरेको अस्पतालले उपचारमा भएको खर्च १७ हजार नदिदासम्म उनको शव आफन्तलाई दिएन । ‘काठमाण्डौमा निःशुल्क उपचारको हुने आश्वासन पाएर आयौ तर, यहाँ आफुसंग भएको पैसा एम्बुलेन्सलाई तिर्दै ठिक्क भयो अस्पतालले १७ हजार नतिरी शव दिदैन । अन्तिम संस्कारको लागि शव घरै लैजाने भनेर दयालु मन खोज्दै छौ’–पार्वतीका ठूलो बुवा विष्णुले भने ।


मनकारी थापा

शनिबार साँझ करिव साढे ५ तिर काठमाण्डौ कमलपोखरीका उज्ज्वल विक्रम थापाले अस्पतालमा नै पुगेर ८ हजार पीडित परिवार मार्फत अस्पताललाई बुझाए पछि अस्पतालले शव परिवारको जिम्मा लगाएको मृतकका ठूलोबुवा विष्णुले जानकारी दिए । उनले विरानो ठाँउमा पनि उज्ज्वल सर जस्ता मनकारी मानिस भएको कारण आफुले छोरीको मृत शरिर घर ल्याउन पाएको बताए । सिन्दुलीमा भुकम्प पीडितको लागि एकल प्रयासबाट अशक्त तथा विपन्नहरुलाई आवास तथा राहत पु¥याउन सक्रिय थापा राप्रपाका आमन्त्रित केन्दीय सदस्य हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री प्रचण्ड, मोदी र पिङबीच त्रीपक्षीय भेटबार्ता

३० आश्विन २०७३, आईतवार ०५:१४
सदरलाइनडटकम/एजेन्सी :  ३० असोज, नेपालगन्ज : नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच त्रीपक्षीय भेट बार्ता भएको छ ।ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट बार्ता भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र […]