अन्जनी माता रसोईलाई १ लाख सहयोग

सदरलाइन संवाददाता ४ जेष्ठ २०७८, मंगलवार १७:२३
 

नेपालगञ्ज : भेरी अस्पतालमा संचालित अंजनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डललाई सहयोगी हातहरुले अमेरिकाबाट सहयोग प्राप्त भएको छ ।

अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आएका सहयोगी मन भएका जुली वली र प्रदिप जिएमको संयुक्त प्रयासमा आफन्तजन र साथीहरुबाट विरामी र विरामीको आफन्तलाई सस्तो मुल्यमा खाना खुवाइरहेको अन्जनी माता रसोईलाई एक लाख तीस रुपैयाँ सहयोग गरेका हुन् ।


नेपालगञ्ज उपमहानगरपालिकाका उप–प्रमुख उमा थापा मगरको पहलमा सहयोग प्राप्त भएको उक्त रकमलाई समाजसेवी एबम नेपाल तरुण दल बाँकेका सह–सचिब बिमल चन्दले अन्जनी माता रसोईलाई हस्तान्तरण गरेका छन् ।

समाजसेवी चन्दले सात समुन्द्र पारीबाट यो बिपदको बेला आफ्नो देश प्रतिको माया गरेर सहयोग गर्ने सहयोगी दाता, सहयोगको संयोजन गर्ने जुली र प्रदिपलाई धेरै–धेरै धन्यबाद ज्ञापन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा १७ जनाको ज्यान गयो

४ जेष्ठ २०७८, मंगलवार १७:२३
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ९ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ८ जनाको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज १८ की ७३ वर्षीया महिला, बढैयाताल २ […]