स्थानीय तह निर्माणमा नाम भूगोल नमिलेको भन्दै बुझाए स्थानीयले ज्ञापन

५ आश्विन २०७३, बुधबार १०:२६
 

सदरलाइनडटकम   Gyapan Patra
५ असोज, नेपालगन्ज : स्थानीय तहको निर्माण गर्दा नामाकरण तथा भूगोलमा असहमति जनाउदै बाँकेमा ज्ञापन पत्र बुझाउने क्रम शुरु भएको छ । हिरमिनिया गाविसलाई नेपालगन्ज उप–महानगरपालिकामा गाएिकोे निर्णयप्रति हिरमिनियाबासीले असंतुष्टि जनाउदै आन्दोलित भएका छन् ।
यसैगरी चिसापानी, नौबस्ता, वनकटुवा र टिटिहिरियालाई जोडेर अरनीको गाउँपालिका बनाउने निर्णय भएको प्रति अंग्रेजका विरुद्ध ज्यानको आहुँती दिने बैजनाथ थारुको नामबाट सो गाउपालिका बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । रनियापुर, सोनपुर, उढरापुर, बागेश्वरी, सीतापुर र राधापुर जोडेर अमर गाउँपालिका बनाउने भनिएपनि व्यापक विरोध पछि सो अमर गाउपलिकाको नाम खजुरा गाउपालिकामा परिणत हुने भएको छ । बिभिन्न राजनैतिकदलका स्थानीय नेता तथा कार्यकर्ता, बुद्धिजीवी, नागरिक समाज र हिरमिनियाबासीको भेलाले हिरमिनिया गाउँपालिका निर्माण संघर्ष समिति गठन गरि आन्दोलन थालेका हुन् ।


14407687_576340699243278_446528309_n
स्थानीय सुभाष सिंह ठाकुरको संयोजकत्वमा गठन भएको संघर्ष समितिले गाविस कार्यालयको कामकाज ठप्प पारी तालाबन्दी गरी समितिले हिरमिनियालाई गाउँपालिका बनाउन माग गर्दै जिविस बाँके मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
स्थानीयको नेतृत्वमा आएको समूहले निमित्त स्थानीय विकास अधिकारी एवं डिई गौरीप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको थियो ।
हिरमिनियालाई नगरमा गाभिने केही सीमित दलहरुले आफ्नो स्वार्थपूर्तिका लागि गरेको निर्णय आफुहरुलाई मान्य नहुने ज्ञापनपत्रमा उल्लेख छ । दशौं हजार हिरमिनियाबासीको मर्मभावना विपरीत तानाशाही तरिकाले गरिएको सो निर्णय नसच्याए आन्दोलन गर्न पछि नपर्ने ज्ञापनपत्रमा भनिएको छ ।
यसैगरी नगरसँगै जोडिएको इन्द्रपुरलाई कहिले नगर कहिले गाउँमा काट्दै राख्दै आएका जिल्लास्थित राजनैतिकदलका नेतृत्वहरुले सदरमुकामदेखि १५ किलोमिटर टाढा मात्र नभई अपायक पर्ने ढङ्गले हिरमिनियालाई नगरमा गाभ्ने निर्णय गरेर स्थानीयहरु माथि खेलवाड गर्दै मनोमानी गरेको उनीहरुको आरोप छ ।14429416_576340039243344_1718530666_n
हिरमिनियाबासीसँग कुनै पनि सल्लाह नै नगरी गरिएको निर्णय आफुहरुलाई मान्य नहुने ज्ञापनपत्रमा भनिएको छ । सबै राजनैतिक दलका जिल्ला नेतृत्वले हिरमिनियालाई गाउँपालिकामा नराखे विभिन्न पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले आ–आफ्नो पार्टीबाट संयुक्त राजीनामा दिने चेतावनी दिँदै संघर्ष समितिका संयोजक ठाकुरले माग पूरा नभए सशक्त आन्दोलन गर्न बाध्य हुने बताए ।
ज्ञापनपत्रमा उच्च अदालत र प्रादेशिक राजधानी नेपालगन्ज मै राख्नसमेत माग गरिएको छ । उक्त ज्ञापनपत्रको प्रतिलिपी जिल्लास्थित सबै राजनैतिक दल, नेपालगन्ज उपमहानगरपालिका र प्रशासनलाई समेत पठाइएको उनले जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका सुभाष सिँह ठाकुर, नेकपा एमालेका निरञ्जन सिँह सोडी, तराई मधेश लोकतान्त्रिक पार्टीका मोहनराम मिश्र, मधेशी जनअधिकार फोरमका नेतराम मौर्य, राप्रपाका लल्लनप्रसाद पाण्डे, राप्रपा नेपालका रामधनी यादव लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको सार्वजनिक सुनवाई

५ आश्विन २०७३, बुधबार १०:२६
सदरलाइनडटकम   ५ असोज नेपालगन्ज : साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (आरटिएसएमएफपि) को आर्थिक अनुदानको सहयोग तथा नमस्ते कृषक समूह हिरमिनिया बाँकेद्वारा सञ्चालित व्यावसायिक तरकारी खेतीका लागि फार्म विकास उपआयोजनको पहिलो सार्वजनिक सुनवाईको आयोजना गरी आयव्यय सार्वजनिक गरिएको छ । नमस्ते कृषक समूहका अध्यक्ष रोहित खटिकको अध्यक्षतामा सम्पन्न […]