बाँकेका एक युवकको साउदीमा निधन

१६ मंसिर २०७५, आईतवार १८:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बैदेशिक रोजगारीको शिलशिलामा साउदीमा पुगेका बाँके राप्तीसोनारी गाउँपालिका–१ बैरियाका अरुण भनिने बेदनिधि चापागाईको मृत्यु भएको छ । उनको ब्रेन हेम्रेजका कारण मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।
दुई दिनअघि अत्याधिक टाउको दुखेर अचेत भएपछि चापागाईलाई अस्पताल भर्ना गरिएको थियो । ३२ बर्षीय चापागाईको शनिवार मृत्यु भएको पुष्टि भएको छ । साउदी अरबको जेद्दास्थित अलमाराई कम्पनीमा विगत अढाई वर्षदेखि कार्यरत अरुण लगनशील र कुशल सामाजिक अभियान्ताका रुपमा आफुलाई स्थापित गरेको त्यहाँ रहेका हरि कृष्ण न्यौपानेले जानकारी दिए ।
विदामा घर आउनेजाने गर्दै गरेका चापागाई पछिल्लो समय आमाको निधनपछि ८ महिनाअघि घर आएका थिए । अरुण गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समितिमा पुर्व उपाध्यक्ष, नेपाली श्रमिक सञ्जालका अभियान्तालगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध थिए । उनको शव सुलैमान फकेह हस्पिटलमा राखिएको छ ।
एनआरएनए क्षेत्रिय समन्वय समिति जेद्दाको आइतवार बसेको आकस्मिक बैठकले शोक पारित गर्दै मृतक अरुणको शव नेपाल पठाउन महावाणिज्य दूतावासमा प्रक्रिया अगाडी बढाएको छ ।

Next Post

निर्मलाको न्यायका निम्ति डा.केसी अनशन बस्ने

१६ मंसिर २०७५, आईतवार १८:३३
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरकी निर्मला पन्तको हत्यामा प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी अभियोग लगाउने गरी अनशनको तयारी गरिरहेको डा. गोविन्द केसीले बताएका छन् । धनगढीमा स्वास्थ्य पत्रकार समूह सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आइतवार आयोजित पत्रकार भेटघाटमा केसीले प्रमाण नष्ट गर्ने्विरुद्ध मुद्दा नलगाएसम्म सत्यतथ्य बाहिर नआउने दाबी गरेका हुन् । डा. केसीले सरकारले नै […]

सम्बन्धित