समाबेशी साझा समुह ग्रामिण भेगका मतदाताको मन जित्दै लाग्यो गाउतिर, सो समुहका महिलाहरु नेपालगन्जमा मत माग्दै

४ भाद्र २०७३, शनिबार ०७:५४
 

सदरलाइनडटकम 14021480_136412860137572_4377791167303641332_n (1)
४ भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको भदौ ११ गते हुने निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ प्रचारमा होमिएको कपिलप्रसाद अधिकारी नेतृत्वको समाबेशी तथा साझा समूहले शनिबार पनि आफ्नो अभियानलाई तीब्र पारेको छ ।
सो समूहको प्रचार सचिवालयका अनुसार शनिबार बाँकेका सुदूरपूर्व खासकुस्माका मतदाताको घरदैलोमा पुगेका छन् । ‘उद्योगी व्यावसायीको समस्या समाधानको लागि समावेशी साझा समुहले उठाएको मुद्दा सह्रानिय भएकोले आफ्नो क्षेत्रबाट सक्दो सहयोग दिने प्रबिद्धता आएको छ’–उपाध्यक्षका उम्मेदवार रचना श्रेष्ठले भनिन ।
उनले शनिबार बिहानैदेखि कुसुम, अगैया, चिसापानी, शम्शेरगन्जमा आफ्नो प्यानलका सबै उम्मेदवार पुगेर सामुहिकरुपमा आफ्नो पक्षका लागि मत मागेको जानकारी दिईन । महिला, मधेसी, मुस्लिम समेटेर बनाइएको आफ्नो प्यानलको पक्षमा मतदाताहरुको आर्कषण रहेको अध्यक्ष पदका उम्मेदवार कपिलप्रसाद अधिकारीले बताए । ‘सबैक्षेत्रको प्रतिनिधित्व, विकास र ब्यवसायिक हकहित केन्द्रीत मुद्दाका आधारमा उहाँंहरुले हामीलाई सहयोग गर्ने बचन दिनुभएको छ’ अध्यक्ष पदका उम्मेदवार अधिकारीले भने ।
सो समुहमा अध्यक्षमा अधिकारी, उपाध्यक्ष बाणिज्यतर्फ तनविर जमाल हलवाई र उपाध्यक्ष उद्योगतर्फ श्रीमती रचना श्रेष्ठ रहेकी
छन् । यस्तै सदस्यहरुमा उषा भण्डारी, चोलराज श्रेष्ठ, जहागीर मुसलमान, दशरथ चन्द, धर्मराज अर्याल, बिनोदकुमार राठी, बिबेककुमार श्रेष्ठ, भीमबहादुर रानाभाट, मन्दीरा पाण्डे, मालती शर्मा, राशिद कमाल र सत्यनारायाण बैश्य रहेका छन् ।
यसैबीच सो समूहको पक्षमा महिला उद्योगी व्यावसायीको समूहले नेपालगन्जको विभिन्न स्थानमा पुगेर प्रचार सामाग्री वितरण गर्दै मत मागेका छन् । दुर्गा अधिकारीको नेतृत्वमा सो समूहको लागि प्रचारमा निस्केको टोलीले आफ्नो समूह पूर्ण समावेशी समुह भएकोले यो समूहलाई नै मतदान गर्न अनुरोध गर्दै प्रचारमा निस्केको मिना ढकालले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आफुलाई शशक्त रुपमा प्रस्तुत गर्दै नन्दलालको समावेशी प्यानल

४ भाद्र २०७३, शनिबार ०७:५४
सदरलाइनडटकम ४ भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा आफुलाई शशक्त रुपमा प्रस्तुत गर्दै समावेशी प्यानलले सामुहिक रुपमा मतदातासँग छलफल गरेको छ । शनिबार बिहान बसपार्कका व्यवसायीहरुसँग आगामी निर्वाचनको बारेमा उम्मेदवारहरुले छलफल गरेको निर्वाचन सचिवालयले जनाएको छ । दिउँसो नै अध्यक्षका उम्मेदवार नन्दलाल बैश्यको नेत्तृवमा गएको उम्मेदवार सहितको […]