कोहलपुरबाट बाघको छाला र हड्डीसहित ३ जना पक्राउ

सदरलाइन संवाददाता १५ असार २०८०, शुक्रबार १३:२६
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट बाघको छाला र हड्डीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, दैलेखको ठाटीकानडा गाउँपालिका वडा नम्बर ४ घर भएका सुनील चुनारा, सोही जिल्ला भगवती गाउँपालिका वडा नम्बर ५ का नबीन कुमार कसेर, अछामको पन्चदेवल गाउँपालिका वडा नम्बर २ का टोपेन्द्र शाही रहेका छन् ।


नेपाल प्रहरीको लुम्बिनी प्रदेशको विशेष टोलीले बाघको छाला र हड्डीको कारोबार हुदैछ भन्ने सुचनाको आधारमा कोहलपुर नगरपालिका ११ स्थित पुर्ब पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा उक्त बाघको छाला र हड्डी फेला पारी उनीहरूलाई नियन्त्रण लिइएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रैथाने धान जोगाउँदै लुम्बिनी प्रदेश सरकार

१५ असार २०८०, शुक्रबार १३:२६
दाङ : स्थानीय र प्रदेश सरकारले रैथाने प्रजातिका अन्न बाली संरक्षण गर्ने नीति ल्याएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटमै रैथाने प्रजातिका अन्नबाली संरक्षण कार्यक्रम समावेश गरेको छ । प्रदेशको नीति तथा कार्यक्रम र बजेटमै दाङ जिल्लामा सिम्ठारो, तिल्की, अनदीजस्ता रैथाने प्रजातिका […]

सम्बन्धित