प्रजातान्त्रिक प्यानल आफ्नो अभियान तीब्र पार्दै

३१ श्रावण २०७३, सोमबार १३:३६
 

सदरलाइनडटकम  G1
३१ साउन, नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि गोपालप्रसाद अधिकारीको नेतृत्वमा होमिएको प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले सोमबार यस क्षेत्रका प्रतिष्ठित व्यक्ति, उद्योगी र व्यवसायीलाई भेटघाट गरेको छ ।
सो समुहले सोमबार बिहानदेखि बेलुकासम्म धम्बोझीचोक हुदै विपीचोक, सुर्खेतरोड, औद्योगिक क्षेत्र लगायत स्थानमा घरदैलो गरेको जानकारी दिएको छ ।
घरदैलोका क्रममा समुहले पुर्वमन्त्री एवम् प्रतिष्ठिात व्यवसायी मोहम्मद इस्तियाक राई, अग्रज उद्योगी कन्हैयालाल बैद्य, व्यवसायी सुरेन्द्र श्रेष्ठ, दिपु अग्रवाल, राकेश मित्तल लगायतलाई भेट गरेको प्रचार सचिवालयले जानकारी दिएको छ ।
सो क्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका अध्यक्ष पदका उम्मेदवार गोपालप्रसाद अधिकारीले आफ्नो टिमलाई विजयी गराउन आग्रह गरेका थिए । प्रजातान्त्रिक समुहका उम्मेदवारले घरदैलोका क्रममा विपी चोकस्थित गुरुद्धारामा पुगेर आर्शिवाद लिएका
थिए । त्यहाँ रहेका धर्मगुरुले प्रजातान्त्रिक प्यानललाई विजयी हुन आर्शिवाद दिएका थिए ।


   प्रजाG2तान्त्रिक समुहमा उद्योग तर्फको उपाध्यक्षमा प्रदिपकुमार गुप्ता र वाणिज्यतर्फको उपाध्यक्षमा अमित बस्नेत उम्मेदवार छन् । यस्तै सदस्य पदको उम्मेदवारमा हरिषचन्द्र श्रेष्ठ, धु्रबप्रसाद दहाल, शालिक सुवेदी, शंकरकुमार थापा, टेकबहादुर खड्का, सरोवर प्रसाई, तपेन्द्र विक्रम शाह, रोहित टण्डन, फरीदुल हक, सफिक बेहना, सुनिल सिंघल र दुर्गेश गुप्ता चुनावी मैदानमा रहेका छन् ।
यसैबीच प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहलाई विजयी गराउन छुट्टै घरदैलोमा जुटेका नेपालगन्जका महिला उद्यमी तथा अगुवा महिलाले सोमबार नेपालगन्जको एकलैनी, पुरानो सिनेमा हलरोड, सदरलाईन, उद्योग वाणिज्य संघ आसपासको क्षेत्रमा घरदैलो गरेका
छन् । नेपालगन्ज उद्योग वाणिज्य संघकी पुर्व कार्यसमिति सदस्य माया गुरुङको नेतृत्वमा महिला उद्यमी, अगुवा महिलाको घरदैलोमा सक्रिय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समावेशी प्यानल प्रचारात्मक गतिबिधिसहित घरदैलोमा

३१ श्रावण २०७३, सोमबार १३:३६
सदरलाइनडटकम ३१ साउन, नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिदै जा“दा नन्दलाल बैश्यले नेतृत्व गरेको समावेशी प्यानलले प्रचारात्मक गतिबिधीलाई तिब्रता दिएको जनाएको छ । समावेशी प्यानलले प्यानल घोषणा लगत्तै घरदैलो अभियानलाई तिब्रता दिएको हो । नेपालगन्ज क्षेत्रकासँगै बिभिन्न समुदायका मतदाताहरुस“ग प्रत्यक्ष भेटघाट गरेको बैश्य नेतृत्वको समावेशी प्यानलले सोमबार […]