वाइल्ड लाइफ फोटो प्रदर्शनी शुरु

१४ श्रावण २०७३, शुक्रबार १४:१६
 

सदरलाइनडटकम,
१४ साउन नेपालगन्ज : अन्तराष्ट्रिय बाघ दिवशको अवसरमा अन्तराल नेपालगन्जको आयोजनामा नेपालगन्जमा ‘नेपाल वाइल्ड लाइफ एण्ड नेचर’ फोटो प्रदर्शनी शुरु भएको छ ।  प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताले प्रदर्शनीमा राखेको बाघको तस्वीरको फोटो खिचेर प्रदर्शनीको उद्घाटन गरेका थिए । सो अवसरमा बौल्दै उनले यो प्रदर्शनीले वन्यजन्तु संरक्षण अभियानमा महत्वपूर्ण योगदान पु¥याउने धारणा राखे ।IMG_8069 copy प्रदर्शनीमा दुर्लभ वन्यजन्तु तथा प्रकृतिसँग सम्बन्धित १ सय ५ वटा तस्वीरहरु राखिएका छन् ।


कार्यक्रममा वोल्दै आयोजक संस्था अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले वन्यजन्तु संरक्षण अभियानमा टेवा पू¥याउनुका साथै प्रकृति, वन्यजन्तु र मानवजातिवीचको अन्योन्याश्रित सम्बन्ध बारे जागरुक गराउनु कार्यक्रमको उद्देश्य भएको वताए ।   IMG_8074 शनिबारसम्म चल्ने प्रदर्शनी अवलोकन गर्न प्रतिकुल मौसमका वावजुद पनि उल्लेख्य अवलोकनकर्ता पुगेका थिए । साथै सो प्रदर्शनीमा मूलुकको पछिल्लो अवस्था झल्किने वाढी, ढुवान र उद्धार कार्यका केही तस्वीरहरु पनि प्रदर्शनीमा राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समावेशी साझा समुहबाट कपिल अधिकारीको नेतृत्वमा

१४ श्रावण २०७३, शुक्रबार १४:१६
सदरलाइनडटकम, १५ साउन, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको आगामि भदौ ११ गते हुने निर्वाचनको लागि ‘समावेशी साझा समुह’को तर्फबाट कपिलप्रसाद अधिकारीको नेतृत्वमा निर्वाचनमा होमिने भएको छ । अधिकारी वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुन । नेपाल राष्ट्रिय वाणिज्य संघ बाँकेले नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी अधिकारीको नेतृत्वमा उपाध्यक्ष बाणिज्य तर्फ […]

सम्बन्धित