सबै कुरा विर्सिएर मिले रोहित र अजय, बन्ने भयो ‘गोलमाल ४’

१५ असार २०७३, बुधबार ०३:५०
 

ajaya-and-rohit-in-golmal-4बलिउडमा नायक अजय देवगण र निर्देशक रोहित सेट्टीको जोडी सफल मानिन्छ । अजय र रोहितले मिलेर काम गरेका चलचित्रले बक्स अफिसमा तहल्का नै मच्चाएका छन् । तर, केहि बर्षदेखि यो जोडीविच असहमति बढेको थियो ।

रोहितले अजयलाई छाडेर नायक साहरुख खानलाई लिएर २ चलचित्र निर्माण गरे । यसपछि यी दुइको सम्बन्ध विगि्रएको चर्चा चलेको थियो ।


तर, अब सबै असहमति विर्सिएर रोहित र अजय एक भएका छन् । अब, यी दुई चलचित्र ‘गोलमाल ४’मा काम गर्न तयार भएका छन् । रोहित र अजय लामो समयदेखि भेट्न खोजिरहेका थिए । तर, दुबैको कार्यव्यस्तताका कारण यी दुइको भेटघाट भएको थिएन । तर, अजयले रोहितलाई आफै फोन गरेर उनको घरमा बोलाएको भारतीय मिडियाको दाबी छ ।

रोहितसँग अजयले आफूले सुनेको बिषयमा कुरा गरेका थिए । रोहितले पनि अजय र उनका विचमा बजारमा चलेका हल्लालाई स्पष्ट पारेका थिए । अब, यी दुई मिलेर ‘गोलमाल ४’मा काम गर्नेछन् । यो चलचित्रको अघिल्ला ३ सिक्वेल सुपरहिट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बलामीको फिल्ममा छुट्दिनन् सीमा, अब बन्यो ‘ड्राइभर दाई’

१५ असार २०७३, बुधबार ०३:५०
बीजी फिल्मस्को ब्यानरमा बीएस बलामीले निर्देशन गरेको चलचित्र ‘ड्राइभर दाई’ भदौ ३१ गतेबाट रिलिज हुने भएको छ । सवारी साधन चलाउने ड्राइभरहरुको कथामा यो चलचित्र निर्माण गरिएको निर्देशक बलामीको भनाई छ । चलचित्रका निर्देशक बलामी ‘ड्राइभर दाई’ले ड्राइभरहरुको पेशाको परिभाषा नै बदल्ने दाबी गर्छन् । चलचित्रमा ड्राइभरको संघर्ष, प्रेम र […]

सम्बन्धित