बलामीको फिल्ममा छुट्दिनन् सीमा, अब बन्यो ‘ड्राइभर दाई’

१५ असार २०७३, बुधबार ०३:५५
 

sima-kcबीजी फिल्मस्को ब्यानरमा बीएस बलामीले निर्देशन गरेको चलचित्र ‘ड्राइभर दाई’ भदौ ३१ गतेबाट रिलिज हुने भएको छ । सवारी साधन चलाउने ड्राइभरहरुको कथामा यो चलचित्र निर्माण गरिएको निर्देशक बलामीको भनाई छ । चलचित्रका निर्देशक बलामी ‘ड्राइभर दाई’ले ड्राइभरहरुको पेशाको परिभाषा नै बदल्ने दाबी गर्छन् ।

चलचित्रमा ड्राइभरको संघर्ष, प्रेम र एक्सनलाई हेर्न सकिने निर्माणपक्षको दाबी छ । चलचित्रमा किशोर खतिवडा, सीमा केसी, प्रज्ज्वल गिरी, दीनेश शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ । निर्देशक बलामीले सीमा केसीलाई आफ्ना हरेक चलचित्रमा लिने गरेका छन् । सीमाले बलामीको भन्दा बाहिरी ब्यानरका चलचित्र पाएकी छैनन् ।


। राजेन्द्र गौतम र ज्ञानु महर्जन निर्माता रहेको चलचित्रमा गेहेन्द्र बज्रचार्य कार्यकारी निर्माता र दीपेश पाठक सह-निर्माता छन् ।

चलचित्रमा निर्देशक बलामीकै कथा, टंक बुढाथोकी र राज सागरको संगीत, बब्बु थापा र निशा शर्माको नृत्य, श्री श्रेष्ठको एक्सन, सौखिन तिमिल्सिना र मधुकर बलामीको सम्पादन र सुमन तण्डुकारको छायांकन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोडल हन्टमा ६५ युवायुवति भिड्दै

१५ असार २०७३, बुधबार ०३:५५
काठमाडौ । ‘मोडल हन्ट नेपाल २०१६’का लागि ३५ युवती तथा ३० युवा छनौट भएका छन् । बिभिन्न चरणको अडिसनबाट यि प्रतियोगी छनौट भएका हुन् ।देशभरबाट दश हजारबढी प्रतियोगी अडिसनमा सहभागि थिए । ३० युवा र ३५ युवती अन्तिम स्पर्धाका लागी छानिएको आयोजकले जनाएको छ । कोरियोग्राफर रोजिन शाक्य, मोडल हन्ट […]

सम्बन्धित