राप्ती किनारका बसिन्दा भन्छन : आकाशमा कालोबादल देख्दा सातो जान्छ

१४ असार २०७३, मंगलवार ११:०६
 

रुद्र सुवेदी/सदरलाइनडटकम

१४ असार, नेपालगन्ज : ‘असारको महिना छ, आकाशमा कालो बादल देख्यो कि होस हवास उठ्छ । कतिबेला डुबानमा परिने हो भन्ने त्रासले बस्नुपरेको छ’–बाँके होलिया– ५ खडैचाका ५५ वर्षिय समयद्विन कुर्मीले दुखेसो पोखे । यो अवस्था उनको मात्र होईन उनीजस्ता राप्ती नदिको किनारमा बसोबास गर्दै आएका सबैको आकाशमा कालो बादल दैख्दै सातो जाने गरेको हो ।


2a1 a1 2-a
राप्ती नदीमा भारतले अन्तराष्ट्रिय सीमा सन्धी मिचेर लक्ष्मणपुर बाँध बनाएपछि राप्ती किनारमा रहेका बाँकेका होलिया, बेतहनी, गंगापुर, मटेहिया, फत्तेपुर, भोजभगवानपुर र लक्षमणपुर लगायतका ६ गाविस डुवान र कटानको अत्यन्तै जोखिममा पर्दै आएका छन् ।
राप्ती र डुडुवा नदीको संगम नजिकै भेटिएका समयद्वीनले दुईवर्ष अघि आएको बाढीले पु¥याएको क्षति सम्झदै भने–‘त्यतिबेला त विहानको समय थियो अनि सबै बाहिर भएकोले त्यो बाढीमा परेर मानविय क्षति नभए पनि भएको सबै बगाएको थियो ।’ उनले त्यतिबेला चारैतिर पानी–पानी भएकोले घरको छनामा बसेर ज्यान जोगाएको सम्झदै भने–‘असार लागि सक्यो यो वर्ष पनि नदिमा बाँध छैन, नत सरकारले हामी जस्तालाई सुरक्षित बासको नै व्यवस्था गरेको छ । आकासमा कालो बादल देख्यो कि डरले रातभर निद्रा नै पर्दैन ।’
नजिकै रहेका ६० वर्षिय मिश्रीलाल गोडिया २०३९ सालको बढीमा बेतहनी–६ बाट बसाई सराई गरी सुरक्षित हुनको लागि होलियाको कधैपुरवा आएका उनी फेरी बसाई सर्ने बेला आएको छ । नजिकैको राप्ती नदिले कटान गर्दै गाउतर्फ सोझिएपछि उनी चिन्तित छन् ।
होलया–७ पिप्रहवाका ६५ वर्षिय रामगोपाल कलवार नदीले काटेको आफ्नो पुर्खेउली जमिन हेर्दै भने–‘ अव त घरबास मात्र छ । त्यो पनि राप्ती र डुडुवा नदीले काट्दै काट्दै गाउ पस्नै लागि सक्यो । घरबास पनि काट्यो भने काहाँ जाने हो यो उमेरमा थाह छैन ।’ नजिकै रहेका प्रहलाद धोवीले राप्ती र डुडुवाको चेपुवामा परेर कहिले बगिने हो भन्ने त्रासै त्रासमा दिन बित्ने गरेको गुनासो गरे ।
भारतले लक्ष्मणपुर बाँध निर्माण गरे लगत्तै डुवानमा पर्ने गाउहरु अव झन डुबनामा पर्ने भएका छन् । भारतले दसगजामा नै ५ मिटर अग्लो बाँध जस्तो पक्की सडक निर्माण गरेर पानीको प्राकृतिक बहाव नै रोक्ने गरी निर्माण गरेको छ तर, राज्यका तर्फबाट त्यसको विरोध गरेको कही कतै सुनिएन  होलिया–९ का रामफेरन गुप्ताले गुनासो गरे ।
उनले भारतले दशगजामा नै निर्माण गरेको पक्की सडकले नेपाललाई डुवानमा पारेर आफ्नो सिचाई व्यवस्था मिलाउने कार्य गरेको आरोप लगाउदै भने–‘ सीमा सुरक्षा र निगरानीमा सहज पु¥याउन भन्दै दशगजा मै बाँध जस्तो सडक बनाएको
छ । राप्तीले त सताएको छँदै थियो अव फेरी त्यो सडक बाँधले पनि डुवानमा पार्ने भयो ।’ उनले नेपालसंग सीमा जोडिएका दशगजाका गाउहरु सबै यो वर्ष डुबानमा पर्ने ठोकुवा गरे ।
२०७१ सालको साउनमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई राज्यले घर निर्माण तथा मर्मतको लागि दिनु पर्ने रकम समेत आवश्यकता अनुसारको नपाएको पीडितको गुनासो छ । राप्ती नदिमा आएको बाढीका कारण सबै भन्दा बढी होलिया बेतहनी, गंगापुर र लक्ष्मणपुरका नदी तटका गाउहरु प्रत्यक वर्ष डुवान तथा कटानमा पर्ने गरेका छन् ।
यसैबीच राप्ती नदीको अवस्था र त्यसले गरेको कटानको स्थलगत अवलोकन गर्न पुगेका जिल्ला दैवी प्रकोप उद्दार समिति बाँकेका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले संभावित खतराबाट जोगाउन सकिने उपाय तथा नदीकटान रोक्नको लागि तत्काल पहल गरिने बताए ।
उनले डुडुवा नदी र राप्ती नदिको संगममा बाँधिएको तटबन्धलाई फोडेर नदी गाउ पस्न लागेको स्थानमा आफैले त्यसको रोकथामको लागि पहल गर्नुको साथै तटबन्धको काम गर्दै आएको ठेकेदारलाई आवश्यकता अनुसार चाँडो र गुणस्तरिय काम गर्न निर्देशन समेत दिए ।
उनले यो वर्षमा संभावित बाढीको खतरा रहेकोले जिल्ला सदरमुकाम भन्दा टाढा रहेको राप्तीपारीको गंगापुरमा ३ सय परिवारका लागि ३ दिनसम्म पुग्ने खाद्य तथा अन्य सामाग्री भण्डारण गरी सकेको र कुनै विपत्ति आईहाले उद्दारको लागि जनशक्ति तयारी अवस्थामा रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘गुटगत राजनीतिले पार्टी कमजोर हुँदैछ’

१४ असार २०७३, मंगलवार ११:०६
१५ असार, नेपालगन्ज :  नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेमा गुटगत राजनीति हावी हुँदा पार्टी कमजोर हुन थालेकोमा चिन्ता ब्यक्त गरेका छन् । एमालेका पूर्व महासचिव तथा बहुदलिय जनबादका प्रतिपादक मदन भण्डारीको ६५ औँ जन्मजयन्तिको अवसरमा  नेकपा (एमाले) बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको ‘जनताको बहुदलिय जनबाद […]