आर्थिक मन्त्री विष्टलाई उपचारका लागि काठमाण्डौ लगियो

सदरलाइन संवाददाता २७ असार २०७९, सोमबार १५:०८
 

नेपालगञ्ज : कर्णालीका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको स्वास्थ्यमा समस्या देखिएको छ । रगतमा बोसोमा मात्रा अत्याधिक देखिएपछि थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

अत्याधिक पेट दुख्न थालेपछि कर्णाली केयर अस्पतालमा आइतबार बेलुका भर्ना भएका विष्टलाई सोमबार हवाईजहाजमार्फत काठमाडौं लगिएको हो ।


मन्त्री विष्टको उपचारमा संलग्न डाक्टर उज्वल अर्यालकाअनुसार रगतमा बोसोको मात्रा अत्याधिक देखिनुका साथै श्वासप्रस्वासमा पनि समस्या देखिएपछि आफन्तको आग्रहमा काठमाण्डौ पठाइएको बताए ।

उनले भने, ‘पेट दुखेर अस्पताल आउनु भएको थियो, बेलुका आईसियूमा भर्ना गर्यौं, स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि सोमबार काठमाण्डौ रेफर गरेका हौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा लायन रामनारायण मधुमेह सेवा केन्द्रको उदघाटन

२७ असार २०७९, सोमबार १५:०८
नेपालगञ्ज : नेपालगञ्जमा लायन रामनारायण मधुमेह सेवा केन्द्र सञ्चालनमा ल्याईएको छ । उक्त केन्द्रको सोमवार एक कार्यक्रमका बीच स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले उदघाटन गरेका हुन् । करिब २० लाखको लागतमा मधुमेह सेवा केन्द्र निर्माण गरिएको लायन्स पूर्व डिष्ट्रिक गभर्नर शेम शाक्यले बताए । त्यसमा लायन रामनारायणको परिवारबाट करिब १२ लाख […]

ताजा अपडेट