बाँकेबाट हज जानको लागि आवेदन दिने दुईसय

८ असार २०७३, बुधबार ०४:३८
 

८ असार, नेपालगन्ज : बाँकेबाट साउदी अरेवीयाको मक्का मदिनामा हुने ‘हज’ मा जानको लागि यो वर्ष करिव दुई सय नेपाली मुसलमानले आवेदन दिएका छन् । ‘हज’ हरेक ईस्लाम धर्मावलम्बीहरुको जीवनमा एक पटक गर्नैपर्ने महत्वपूर्ण धार्मिक कार्य हो ।
बाँकेबाट यस वर्षको लागि ‘हज’ मा जानको लागि गतवर्ष जान नपाएका ३७ जना र यो वर्ष करिव १ सय ६५ ले आवेदन दिएको हुनसक्ने केन्द्रीय हज कमिटीका सदस्य हाजी मोहम्मद हलिम अन्सारीले जानकारी दिए ।
साउदी अरेवियाको मक्का मदिनामा हुने हजयात्राका लागि चैत्र मसान्तसम्म आवेदन दिने प्रावधान रहेको गतवर्ष जान नपाएका बाँकेका ३७ जना र यो वर्ष नयाँ आवेदन दिने हजयात्रीको १ सय ५६ जनाको फारम भरि दिनेदेखि सहजिकरण गरेको र केही आफै स्वस्फुर्त फारम भरेकोले सबै करिव २ सय पुगेको हुन सक्ने हज कमिटीका सदस्य हाजी हलिमले जानकारी दिए ।
नेपालबाट हज गर्न जाने हजयात्रीको लागि सरकारले गत चैत्र ३० गतेसम्म आवेदन खुला गरेको थियो । हजका लागि जान चाहने नेपाली मुसलमानहरुले स्थानीय जिल्ला प्रशाशन मार्फत वा सरकारले गठन गरेको केन्द्रीय हज कमिटी मार्फत आवेदन फारम सहित १ लाख रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ ।
उनले भने–‘यो वर्ष पनि गत वर्षकै जस्तै साउदी अरेवीयाले एक हजार नेपाली मुसलमानहरुका लागि कोटा निर्धारण गरेको छ । त्यसैको आधार मानेर आवेदन खुल्ला गरेको देशभरीबाट गतवर्षका बाँकी २ सय ५० र यो वर्षका १ हजार ६ सय विभिन्न जिल्लाका मुसलमनहरुले हजको आवेदन दिएका छन् ।’
यो वर्ष नयाँ र पुराना गरी करिव १ हजार ८ सय नेपाली मुसलमानले साउदीको मक्का मदिनामा हजयात्राको आवेदन दिएका छन् । साउदी अरेवियाले नेपाली मुसलमानलाई दिएको कोटा समाचार तयार पार्दासम्म एकहजारको मात्र छ । ‘कोटा नबढाए फेरी ८ सय ५० हजयात्रीको हजयात्रा अन्यौल छ । हजकमिटीले कोटा बढाउनको लागि आफ्नो प्रयास जारी राखेको छ’–उनले भने ।
उनले बाँकेका ग्रामिण क्षेत्रका मुसलमानहरुलाई हजको लागि आवेदन दिनको सहज बनाउन जिल्ला प्रशाशन कार्यालय तथा आफ्नै घरमा पनि फारमको उपलब्धता गराउनुको साथै फारम भर्नको लागि सहजिकरण गर्दै आवेदनको प्रक्रिया शुरु गरि सहज व्यवस्था मिलाईएको जानकारी दिए ।
उनले भने–‘अहिलेसम्म कोटा बढाउने हो या होईन अझसम्म यकिन भएको छैन । गत वर्ष पनि कोटा माग गरे जति साउदीले थप गरेन आवेदन र पैसासमेत जम्मा गरि सकेको भए पनि अन्तिममा जान नपाएकोले धेरै हजयत्री रुष्ट भएका थिए ।’
उनले तोकिएको कोटा भन्दा बढी आवेदन आएमा परराष्ट्र मार्फत कोटा बढाउनको लागि पहल भै रहेको जानकारी दिए । गतवर्षको अनुभवले अन्तिममा कोटो नबढ्दा अन्तिम अवस्थमा करिव ४ सय ५० हाजयात्री जान साउदी जान नपाएकोले हज कमिटी आलोचित बनेको थियो ।
नेपालमा नै हजयात्रीको सहजता तथा बैदेशिक रोजगारीको लागि भिसा कन्सुलरदेखिको सुविधाको साउदीको दूतावस नेपालमै खोलिएको भएपनि नेपाली हजयात्रीको लागि सो दूतावासले खासै पहल नगरेको दुख व्यक्त गरे ।
साउदी सरकारले पहिला नेपालबाट हज गर्न जानको लागि २ हजारको कोटा छुट्टाएको र त्यतिबेला प्रयाप्त हाजीहरु हज गर्न नगएको कारणले पनि साउदी सरकारले हजको कोटा एक हजारमा झारेको हुनसक्ने नेपाल हज कमिटीका पूर्व अध्यक्ष मौलाना जब्बार मञ्जरीले जानकारी दिए । उनले भने–‘ २०६१ सालमा म त्यतिबेला हज कमिटीको सदस्य थिए त्यो समयमा २ हजार कोटा दिएको थियो मात्र २ सय ५० हाजिहरु हजको लागि गएका थिए ।’
उनी आफु २०६७/०६८ मा हज कमिटीको अध्यक्ष हुँदा पनि साउदी सरकारले नेपाली हाजिको लागि १ हजार कोटा तोकेकोमा जम्म ८ सय मात्र हजको लागि गएको जानकारी दिदै भने–‘ पहिला पहिला साउदी सरकारले तोकेको कोटा पु¥याउनै कठिन हुन्थ्यो । तर, अहिले त्यस्तो छैन । सबैका छोराहरु कमाउन विदेशमा छन् पैसा पनि छ, मानिसहरुमा चाहानापनि छ त्यसैले कोटा भन्दा बढीको आवेदन आउने गरेको हो ।’उनले राज्यले पनि साउदी सरकारसंग कुटनीतिक पहल गर्दै नेपाली हजयात्रीहरुको संख्या बढाउनु पर्ने माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जको महेन्द्र बहुमुखि क्याम्पसमा बिएस्सी सिएसआइटी पढाई यसै वर्षदेखि

८ असार २०७३, बुधबार ०४:३८
रुद्र सुवेदी/सदरलाइनडटकम ८ असार, नेपालगन्ज : सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा पढ्न चाहनेहरुको सपना अव नेपालगन्जमा नै पुरा हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जमा ‘बिएस्सी सिएसआइटी’ को यसै शैक्षिक सत्रदेखि पठन पाठनको सुरुवात गर्ने गरी अनु्मति दिएपछि सो सपना पुरा हुने भएको […]