बहु विवाह मुद्दामा फरार थारु पक्राउ

सदरलाइन संवाददाता १९ श्रावण २०७९, बिहीबार १५:३१
 

बर्दिया : बहु विवाह मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, बर्दियाको बढैयाताल गाउँपालिका वडा नंं.५ बस्ने संजयकुमार थारु रहेका छन् ।

प्रहरीका अनुसार, थारुलाई बर्दिया जिल्ल अदालतको गत माघ १० गतेको फैसलाले बहु विवाह मुद्दामा १० महिना २० दिन कैद र १० हजार जरिवाना सजाय तोकेको थियो । त्यसपश्चत् थारु फरार भएका थिए ।


प्रहरीले थारुलाई बर्दिया जिल्ला अदालतमा बुझाई कैद भुक्तानका लागि कारागार कार्यालय बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके खेलकुद विकास समितिको गम्भीर ध्यानाकर्षण

१९ श्रावण २०७९, बिहीबार १५:३१
नेपालगञ्ज : बाँके जिल्ला खेलकुद विकास समितिले आफ्ना बारेमा व्यक्त धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजंग शाह लगायत अन्य पदाधिकारी र सदस्यहरुले विहीबार संयुक्त प्रेस विज्ञप्ती निकालेर मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले क्षेत्रीय समितिका भौतिक संरचनामाथि जिल्ला खेलकुदले […]

सम्बन्धित