कोरोनाबाट बाँकेमा १७ जनाको ज्यान गयो

सदरलाइन संवाददाता ५ जेष्ठ २०७८, बुधबार १०:४९
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ९ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ८ जनाको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज १८ की ७३ वर्षीया महिला, बढैयाताल २ बर्दियाका ८४ वर्षीय पुरुष, नेपालगन्ज ६ का ४५ वर्षीय पुरुष, टिकापुर १६ कैलालीका २८ वर्षीय पुरुष, नेपालगञ्ज ४ का ६७ वर्षीय पुरुष, ठाकुरबाबा ९ बर्दियाका ६३ वर्षीय पुरुष र ३८ वर्षिया महिला, तुलसीपुर २ दाङका ६५ वर्षीय पुरुष र लम्कीचुहा ५ कैलालीकी ६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।


त्यस्तै गढवा ७ दाङकी ३० वर्षीया महिला, सानोभेरी ११ रुकुम पश्चिमका ३६ वर्षीय पुरुष, कोहलपुर १२ बाँकेका ४१ वर्षीय पुरुष, राप्तीसोनारी २ बाँकेकी ५९ वर्षीया महिला, कोहलपुर ११ की ५८ वर्षीया महिला, नेपालगञ्ज ३ का ६१ वर्षीय पुरुष, त्रिवेणी १ रुकुम पश्चिमकी २७ वर्षीया महिला र कोहलपुर ४ बाँकेका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसंगै कोरोनाबाट बाँकेका २५३ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २०९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गयो

५ जेष्ठ २०७८, बुधबार १०:४९
नेपालगञ्ज : बुधबार बिहान लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको ठुलो धक्का काठमाडौं पोखरा चितवनलगायतका जिल्लाहरुमा महसुस गरिएको थियो । धक्कापछि केही मानिसहरु […]