नेपालगन्ज उप–महानगरपालिकामा धमाधम वडा भेला हुँदै

११ कार्तिक २०७४, शनिबार १८:५२
 

सदरलाइनडटकम
११ कात्तिक, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकामा यतिबेला धमाधम वडा भेला सम्पन्न हुँदैछन् । लामोसमयको अन्तरालपछि स्थानीय तहमा जनप्रतिनिधि बाहाली भएर काम थालेको सयदिन पुरा भईसकेपछि उप–महानगरका सबै वडाहरुमा चालु आर्थिक वर्षको बजेटको आधारमा हुने विकास निर्माणको लागि छलफल र योजना बनाउन वडा भेलाको आयोजना गरिएको जानकारीमा आएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले जनसहभागितावीना अपेक्षा अनुसारको विकास सम्भव नभएको बताए । उपमहानगर वडा न १० को वडा कार्यालय उदघाटन तथा योजना तर्जुमा सम्वन्धी वडा भेलालाई सम्वोधन गर्दै राणाले सो कुरा बताएका हुन ।
भौतिक पुर्वाधार विकासमा जनताको प्रतयक्ष सहभागिता विना सरकारको वजेटले मात्र विकास सम्भव नहुने उनको तर्क थियो । वडास्तरको विकासे योजनामा जनताले लगानी गर्न सक्ने स्थिती रहेको उल्लेख गर्दै मेयर राणाले स्थानीय सरकारले नीतिगत, प्राविधिक लगायतको सहयोग गर्ने बातावरण बनाइनुपर्ने आवशयक्ता औल्याए ।
उपमेयर उमा थापामगरले मानवीय विकास विना भौतिक विकासले मात्रै गती लिन नसक्ने भन्दै लक्षित वर्गमा केन्द्रीत हुन आग्रह गरिन । बालबालिका, महिला, शिक्षा, स्वास्थ्य र सरसफाईका योजनालाई प्राथमीकतामा राख्न पनि उनको सुझाव छ ।
वडा अध्यक्ष विन्दु भुषण बस्नेतको अध्यक्षतामा भएको भेलाबाट ७९ लाख १४ हजारको वजेट छुट्याइएको छ । टोलटोलबाट भेला भएका स्थानीयहरुको व्यापक परामर्शपछि विभिन्न योजना र मागहरु संकलन गरिएको छ । सुझाव र आएका योजनालाई प्राथामिकीकरण गरि लागु गरिने अध्यक्ष वस्नेतले जानकारी दिए ।
विशेषतः आफनै वडा कार्यालय स्थापना, सडक, नाली, वत्ति जडान लगायतका समस्या प्रस्तुत भएको वडा सचिव धनबहादुर थापाले जानकारी दिए । वडा सदस्य वसन्ता जोशी लगायत स्थानीयवासीले आआफना समस्या र माग सहित बोल्लेका थिए । यस्तै सोही दिन नै वडा न २ को पनि वडा भेला सकिएको छ । वडा अध्यक्ष सुनिलसिंह हमालको अध्यक्षतामा भएको भेलाले ६७ लाखको वजेट वीनीयोजन गरेको छ । मेयर धवल शमशेर राणाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीयवासीले बागेश्वरी मन्दिर व्यवस्थापनको मुद्धा जोडतोडले उठाएका थिए । कार्तिक २२ गते नगर सभा हुने भएपछि अहिले धमाधम वडा भेला गरिदैछन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

औद्योगिक र पर्यटन विकासको शहरको रुपमा सम्भावना छ नेपालगन्जमा : अध्यक्ष राणा

११ कार्तिक २०७४, शनिबार १८:५२
सदरलाइनडटकम ११ कात्तिक, नेपालगन्ज : नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालगन्ज पर्यटन तथा औद्योगिक विकासको संभावना भएको बताएकी छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको स्वर्णदिवस तथा २५ औं र २६ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै सो कुरा बताएकी हुन । उनले नेपालगन्जलाई औद्योगिक र पर्यटकिय क्षेत्रको रुपमा विकास […]