सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउन प्रभावितको सेवामा खट्ने जनप्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी र रेडक्रशकर्मीलाई गुणस्तरिय मास्क र सेनिटाईजर उपलब्ध गराईएको छ ।
राप्तीसोनारी गाउपालिकाका ९ वटै वडामा प्रत्यक्ष रुपमा राहत बितरण गर्न खटिने वडा अध्यक्षसहित जनप्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी र रेडक्रश प्रतिनिधिलाई लक्षित गरी स्थानीयबासी तथा सद्भाव मिडिया ग्रुपका अध्यक्ष समेत रहेका पत्रकार दामोदर भण्डारीले सो सामाग्री उपलब्ध गराएका हुन ।
उनले गाउपालिकाका सबै वडामा खट्ने टोलीको ब्यक्तिगत सुरक्षाको लागि पत्रकार भण्डारीले ४५ हजार मुल्य बराबरको एन९५ मास्क ५५ बटा र हेण्ड सेनिटाईजर ५५ वटा गाउपालिकाका अध्यक्ष लाहुराम थारुलाई हस्तान्त्रण गरेका हुन ।
यस अघि उनले नेपालगञ्जमा फिल्डमा खटिने पत्रकारका लागि एन९५ मास्क बितरण गरेका थिए ।