यसरी गरियो भारतीय राजदूत पुरीको नेपालगन्जमा स्वागत (फोटो कथा)

१ आश्विन २०७४, आईतवार १९:४६
 
सदरलाइनडटकम
१ असोज, नेपालगन्ज : भरातीय राजदूत मन्जीव सिह पुरीलाई नेपालगन्ज उद्योग बाणिज्य संघले आईतबार स्वागत सम्मान गरेको छ । निर्धारित समय भन्दा करिव सवा घण्टा ढिलो आई पुगेका राजदूत पुरीले आफु आउनमा ढिलो हुनुको कारण जाहज ढिलो आएको कारण बताउदै आफ्नो सम्बोधन सुरु गरेका थिए ।
उनले भारत नेपालको असल छिमेकी भएको नाताले पनि नेपालको विकास र उन्नती भएको हेर्न चाहने मुलुक भएको बताउदै भने–‘ भरत यतिबेला दुनिया कै सबै भन्दा छिटो बढी आर्थिक दर बृद्धि गर्न सफल मुलुक भएको छ । यसको फाईदा दुबै देसले उठाउन सक्नु पर्छ । नेपालको किासमा नै भारतको पनि हित छ ।’ उनले भारतको आर्थिक बृद्धि दर ७ दशमलभ ५ प्रतिशत पुगेको बताउदै त्यसको फाईदा नेपालले पनि उठाउन सक्नु पर्ने धारणा राखे ।
भारतले नेपालमा शान्ति, स्थायीत्व र विकास हुनुपर्छ भन्ने मुलुक भएकोले पनि शान्ति र स्थायित्वले व्यावसाय र लगानी बृद्धि हुने र दुबैलाई वीनवीन अर्थात विजयको अवस्था आउन सक्ने धेरै सम्भावना र अवसरहरु भएको दाबी गरे । उनले भने–‘ दुबै साथसाथ हिड्न सक्दा दुबैलाई फाईदा हुने धेरै ठाँउहरु छन् ।’
पहिलो पटक नेपालगन्ज आउदा आफुलाई यहाँको सडक सञ्जालमा भएको बिकास र भारतमा पनि यस्तैखालको चारलेन सडक सञ्जाल सीमा क्षेत्रमा जोडिदा दुबै मुलुकको व्यापार र व्यावसायमा सहजता हुने र फाईदा दुबैले पाउने उनको दावी थियो ।
स्थानीय व्यावसायी तथा नागरिक अगुवाले भारत जाँदा नेपाली सवारीका साधनको परमिट लिन भारतीय दूताबास जानु पर्ने बाध्यता हटाउन, जडिबुटी व्यावसायीलाई उत्तरप्रदेश सरकारले लगाउदै आएको प्रादेशिक कर, प्लान्ट क्वारेन्टाईनको जाँच समस्याको कारण
सास्ती भएको, भारतमा काम गरेर फर्कने नेपालीलाई सीमा क्षेत्रमा गरिने दुव्र्यवहार र जहर खुरानीको विषयमा गम्भरी भईदिन गुनासो राखेका थिए ।
सो गुनासाहरुको सम्बोधन गर्दै राजदूत पुरीले रुपैडिहामा चाँडैनै ईन्टग्रेटेड चेक प्वाईन्ट निर्माण हुँदैगरेको र सो चेक प्वाईन्टले आफ्नो कार्य सुरु गरेपछि सबै सम्बोधन हुने जानकारी दिए । उनले भने–‘केही नीति गत समस्या बाहेक अधिकांश कुरा ईन्टीग्रेटेड चेक प्वाईन्ट निर्माण भएर कार्य सुरु भएपछि सम्बोधन हुन्छ । बाँकी मैले मेरो तहदेखि के गर्न सक्छु म पहल गर्छु ।’ उनले भारतबाट नेपाल फर्कन व्यक्तिहरुमाथि सीमा क्षेत्रमा भारतीय सुरक्षा निकायबाट हुने गरेको दुव्यर्वहारको बारेमा जानकारी लिने बताए ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतले बोलेका थिए । सोमबार बिहान हुम्लाको सिमिकोट हुँदै हिल्सा जान नेपालगन्ज आएका भारतीय राजदूत पुरी आईतबार नै भारतीय सीमा बजार रुपैडिहा पुगेर त्यहाँका अधिकारीहरु संग छलफल गर्नुको साथै, नेपालगन्जको गुरुद्वारामा शिख समुदायद्वारा आयोजित स्वागत कार्यक्रममा सहभागि हुने कार्यक्रम तय भएको नेपाल भारत मैत्री संघ बाँकेका अध्यष अजय टण्डनले जानकारी दिए ।      

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परिवार नियोजन दिवस मनाईयो

१ आश्विन २०७४, आईतवार १९:४६
सदरलाइनडटकम २ असोज, नेपालगन्ज : व्यवस्थित परिवार, स्वास्थ्य र विकासको आधार भन्ने नाराका साथ सोमबार नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा चौथो परिवार नियोजन दिवस मनाइएको छ । कार्यक्रममा बोल्दै मेयर डा धवल शमशेर राणाले परिवार नियोजन सुन्ने र सुनाउने विषय मात्र नभई स्वयं लागु गर्ने विषय भएको बताए । उनले नियोजनको महत्वका […]