सार्वजनिक अपराध र लागू औषधका मुद्दा दर्ता अधिकतम दर्ता भए : एस्पी राई

२३ श्रावण २०७४, सोमबार १७:१८
 

सदरलाइनडटकम
२३ साउन, नेपालगन्ज : बाँंकेमा गत आर्थिक वर्षमा सार्वजनिक अपराध र लागू औषधका मुद्दा सर्बाधिक बढी रहेको बाँके प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । सार्वजिनक अपराधमा २८४ र लागू औषधमा १३७ वटा मुद्दा दर्ता भएका छन् । यो अघिल्लो वर्षको तुलनामा सार्वजनिक अपराधमा ८४ र लागु औषधमा ५९ ले बढी हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाँकेमा पाँच दर्जन बढि साधारण र डांका चोरीसम्मका घटना घटेको भएपनि यी चोरीका घटनाहरु मध्ये सबैभन्दा धेरै सोमबार घट्ने गरेको पाइएको छ ।
चोरीका घटना नियन्त्रण र त्यस घटनाका अभियुक्तलाई पक्राउ गर्न सफल बांँके प्रहरीका प्रमुख तथा एसपी टेकप्रसाद राईले सरुवा भई जादाजादै गर्दा सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सबै भन्दा धेरै १३ वटा चोरीका घटना भएका छन् । त्यसैगरी बिहिबार १२, बुधवार १० वटा चोरीका घटना धेरै हुने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्षमा ६२ वटा विभिन्न प्रकारका चोरीका घटना भएका छन् ।
चोरीको अभियोगमा पक्राउ परेका अभियुक्तहरु चोरीको विगो अनुसारको रकम तिरर सजिलै उन्मुक्ति पाउने भएकोले पनि चोरीमा संलग्न अभियुक्तहरु पुनः चोरीमै फर्कने गरेको प्रहरीको दावी छ ।
‘यी बारहरुमा धेरै चोरीका घटनाहरु किन हुन्छन् ? प्रहरीले अनुसन्धान गरि रहेको छ’–एसपी राईले भने,–‘हामी यी घटनाका बारेमा अनुसन्धान गर्दैछौं ।’ प्रहरीका अनुसार नेपालगन्जमा सबैभन्दा धेरै चोरी हुने ठाउहरु समेत प्रहरीले पहिचान गरेको छ । ती ठाउहरुको पहिचान गरी त्यसक्षेत्रमा फेरी चोरी नहोस् भन्नका लागि प्रहरीले सुरक्षा सतर्कता अपनाएको एसपी राईले बताए ।
चोरीको घटना मात्र नभई जिल्लामा समग्र सुरक्षा ब्यवस्था गत बर्ष अत्यन्त राम्रो भएको पाइएको छ । एसपी राईले सुरक्षा कमाण्ड सम्हालेपछि राजनीतिक संक्रमणकाबीच जनताले सुरक्षाको अनुभुती गरेको पाइिएको छ । जिल्लाबाट सरुवा भई जान लागेका एसपी राईले भने,–‘मैले कस्तो काम गरे भन्ने कुरा यहांका जनताले मुल्यांकन गर्नुभएको छ ।’
एसपी राईले शान्ति सुरक्षा कायम गर्न यहां जनताहरुले राम्रैसंग साथ दिएको बताए । उनले भने,–‘तर बिचौलियाहरुले कहिले काही समस्या गर्थे ।’ उनले शान्ति सुरक्षा कायम गर्न बिचौलियाबाट जोगिनु पर्ने पनि उनले बताएका छन् । उनले बिचौलियाबाट सेवाग्राहीलाई सचेत पार्नको लागि सेवा लिन आउने सेवाग्राहीलाई निवेदन लेख्ने, टिकट टाँस्ने लगायतको झण्झटिलो कामबाट मुक्त गर्दै सबैले नागरिक सहायता कक्षबाटै सेवा पाउने गरी व्यवस्था मिलाएको बताए । उनले गत आर्थिक वर्षमा मात्र सेवा लिन आउने १५ हजार २ सय बढी सेवाग्राहीलाई आफुले प्रत्यक्ष भेटेको बताए ।
एसपी राईले जनताको साथ पाएपछि जस्तोसुकै कठिनाई पनि पार गर्न सकिने बताए ।
बाँकेमा आर्थिक वर्ष २०७३÷ ०७४ मा विभिन्न ४१ शिर्षकका अपराधमामा ८ सय ५५ वटा मुद्दा दायर भएका छन् । ति मध्ये कर्तव्य ज्यान १५, ज्यान मार्ने उद्योग २२, भवितब्य ज्यान ५५, फुटकर ज्यान २२, गर्भपतन, १, विष सेवन गरी आत्महत्या ३१, झुण्डेर आत्महत्या ४४,आगो लगाई आत्महत्या १, गौबध २, साधारण चोरी ४०, नकाबजनी चोरी १२,जबरजस्ती १, राहजनी चोरी १, सवारी चोरी ८, ठगी १६, जुवा ५, बहुविबाह २३, बाल बिवाह १वटा मुद्दा दर्ता भएको तथ्याङ्क छ ।
यसैगरी जबरजस्ती करणी ३९, जजक उद्योग २७, मानव बेचबिखन १८, सवारी ज्यान ६२, हातहतियार खरखजाना ६ लागु औषध १३७, केही सार्वजनिक अपराध २५२, अपहरण ५, आगो लगाएको १, नागरिकता ऐन १, बालो बजार १, प्रचिन स्मारक १, बाल यौन दुव्र्यवहार १ सवारी अंगभंग २, विद्युतिय कारोवबार १ र बैंकिङ्ग कसुर १ वटा मुद्दा दर्ता भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन वर्ष भित्र अण्डा, मासु र दुधमा आत्मनिर्भर हुने छौ : मन्त्री थारु

२३ श्रावण २०७४, सोमबार १७:१८
सदरलाइनडटकम २४ साउन, नेपालगन्ज : सरकारका पशुपन्छी विकास मन्त्री सन्तकुमार थारुले आफ्नो मन्त्रलायले आधारभुत वर्गलाई आर्थिक रुपले सम्बृद्ध बनाउने गरी कार्यक्रम ल्याएको बताएका छन् । प्रेस सेन्टर बाँकेले मंगलबार साँझ नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन । उनले कमैया र सुकुम्बासीलाई उत्पादनसग जोड्नको लागि उनीहरुको […]

सम्बन्धित