पर्यटन प्रवद्र्धन गर्न सांस्कृतिक कार्यक्रम

२९ बैशाख २०७४, शुक्रबार १२:१५
 

                                                                                                                       रासस  / सदरलाइनडटकम

२९ वैशाख, गुलरिया (बर्दिया) : पर्यटन प्रवद्र्धन गर्नका लागि थारू सास्ंकृतिक कला, भाषा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ राजापुर नगरपालिका–८ सदुवामा बडघर विहिबार अन्तरक्रिया र सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।

बेस संस्था बर्दियाको आयोजनामा भइरहेको उक्त कार्यक्रमका सभापति बडघर भलमन्सा महतवा महासङ्घ बर्दियाका जिल्ला अध्यक्ष रामशाही थारू रहनुभएको कार्यक्रमका प्रमुख अतिथि बेस कार्यवाहक केन्द्रीय सदस्य यज्ञराज चौधरीले स्थानीय थारू जातिका थारू सास्ंकृतिक कला, भाषा संरक्षण र प्रवर्धन के कसरी गर्न सकिन्छ भन्ने विषयमा आफना विचार व्यक्त गर्नु भएको थियो ।


उहाँहरूले थारू समुदायमा परम्परादेखि नै चल्दै आएको बरघर महतवा भलमन्सा प्रथालाई राष्ट्रियस्तरमा पु¥याउन र संस्थागत गर्न आफूहरूले सकेसम्म सहयोग गर्ने, थारू कला, भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा युवालाई जागरुक बनाउने र थारू साँस्कृतिक कलाको राष्ट्रियस्तरसम्म विकास र पहिचान गराउन आफूहरू सधैँ लागिपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा बर्दिया जिल्लाका स्थानीय क्षेत्रमा रहेका थारू जातिका  प्रसिद्ध   मघौटा नाच,  हुर्दुङ्गुवा नाच,  झुम्री नाच,  सखिया नाच, लट्ठी  नाचलगायत  थारू  सांस्कृतिक  नृत्य  कला  प्रतियोगितामा  बर्दिया  जिल्लाका १० वटा समूहभन्दा बढी प्रतियोगी समूहको सहभागिता रहेको छ ।

यसैबीच, राजापुर प्राथमिक स्वास्थ्य केन्द्र राजापुर बर्दियामा विहिबारदेखि तीनदिने निःशुल्क दन्त शिविर पनि सञ्चालन भएको छ । शिविरमा दाँतका समस्या भएका बिरामीलाई डा अनिल शाह र गजेन्द्रविक्रम शाहको प्राविधिक टोलीले उपचार सेवा प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रभातफेरि र सभा आयोजना गरी नर्सिङ दिवस मनाइयो

२९ बैशाख २०७४, शुक्रबार १२:१५
 रासस/ सदरलाइनडटकम   २९ वैशाख, नेपालगन्ज :अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा नेपाल नसिङ सङ्घ, बाँके शाखाले आज यहाँ प्रभातफेरि र सभा गरेको छ । स्थानीय भेरी अञ्चल अस्पतालबाट निस्केको प्रभाफेरि नेपालगन्ज बजारको परिक्रमापछि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो । सङ्घका जिल्ला अध्यक्ष लक्ष्मी केसीको सभापतित्वमा भएको सभामा प्रमुख […]