कोहलपुरमा कवि दिनेश अधिकारीको एकल कविता वाचन

१० पुष २०७३, आईतवार ०५:२५
 

सदरलाइनडटकम ,  
१० पुस, कोहलपुर : वरिष्ठ कवि, गीतकार तथा नेपाल सरकारका पुर्व सचिव दिनेश अधिकारीको बाँकेको कोहलपुरमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको सो कार्यक्रममा करिब ५ सय भन्दा बढी टिकट बिक्री भएको कार्यक्रममा दिनेश अधिकारीलाई सुन्न २ सयबढी कबिताका पारखि उपस्थित भएका थिए ।

कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, जाजरकोट, अछाम, कैलाली, दाङ, सल्यान, दैलेख लगायतका जिल्लाहरुबाट कविहरुको उल्लेख्य उपस्थित रहेको थियो । बाँकेमा पहिलो पटक उनेको टिकटमा कविता वाचन कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले बताए । उनले दर्जनबढी समसामयिक, देश, परिवेश र माया पिरतीका कविताहरु र केही गीतहरु पनि वाचन गरेर सुनाएका थिए । उनले आफू सरकारी सेवामा रहँदा ती सिर्जनाहरु लेखेको बताएका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव एवं कथाकार सनत रेग्मीले यस्ता टिकटमा गरिने कार्यक्रमहरुले कवि र कविताको सम्मान हुने बताए । अब रचनाले पनि उचित मूल्य पाउन वातारण तयार गर्न लागि पर्ने प्रष्ठिानमा सल्लाहकार सागर गैरे र शंकर अशान्तले बताए । प्रतिष्ठानले हरेक बर्ष प्रदान गर्ने ११ हजार राशिको पूर्णिमा साहित्य रत्न पुरस्कार २०७२ ले सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेवारिसे तथा असाहय पशुको लागि उपचार केन्द्र सञ्चालनमा

१० पुष २०७३, आईतवार ०५:२५
सदरलाइनडटकम १० पुस, बैजापुर (बाँके) :  बाँकेमा बेवारिसे अवस्थामा छोडिएका पशुको स्याहार तथा उपचारका लागि पशु आश्रम तथा उपचार केन्द्र संचालनमा ल्याइएको छ । शनिबार बाँकेको बैजापुर– ४ नयाँबस्तीमा औपचारिक उद्घाटन गरिएको असाहय पशु आश्राम तथा उपचार केन्द्र नेपालमै पहिलो हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले केन्द्रको औपचारिक […]

सम्बन्धित