नेपालगञ्ज : नेपालीहरुको दोश्रो ठुलो महान चाड तिहार नजिकीए संगै सयपत्रि फुलको पनि माग बढ्न थालेको छ । बिशेष गरी तिहारमा मालाको रुपमा बढि प्रयोगमा आउने सयपत्री फुलको माग बाँके जिल्ला लगायत अन्य धेरै जिल्लामा बढ्न थालेको हो ।
हरेक वर्ष झै यस वर्ष पनि माग बढ्दो हुन थालेपछि बाँके जिल्लाका युवाहरु तिहार लक्षित फुलहरु उत्पादनमा जुट्न थालेका छन् । विशेष गरी भारतिय बजारबाट आयातित हुने फुलको मागलाई निषेधित गर्ने र बाँके जिल्लामै उत्पादन गरिएका फुललाई बजारीकरणमा जोड दिने उद्देश्यका साथ कोहलपुर १३ का युवाहरु फुल उत्पादनमा जुट्न थालेका हुन् ।
आफ्नै मेहनतमा उत्पादन गरिएका फुलहरुको वजार व्यवस्थापनलाई फराकिलो बनाउन सके विक्रि वितरणमा समेत सहज हुने र फुल खेतिले पनि सार्थकता पाउने कोहलपुर १३ का युवा कर्णबहादुर थापाकोको भनाई छ । रोजगारको सिलसिलामा विदेशिएका थापाले स्वदेश फर्किए पछि व्यवसायीक रुपमा पाँच जना साथिहरुलाई पनि सामेल गराएर सामुहिक रुपमा फुल खेति गर्दैआएका छन् ।
उनले फुल खेति गर्न थालेको पनि ३ वर्ष भयो । थापाले आफुसंगै सहकार्यमा जुटेका युवाहरुको भनाईलाई समर्थन गर्दै थापा कृषि तथा नर्सरी फर्म दर्ता गरी २ लाख बराबर आफनै लगानीमा अहिले १५ कठा क्षेत्रफलमा कर्म (जात) को ५ सय ५५ र कलकत्ते जातको सयपत्री फुल मात्रै लगाएका छन् । थापा भन्छन् साढे तिन वर्ष विदेश भुमीमा गरेको दुख र बगाएको पसिनाले स्वदेशी भुमीलाई स्वर्ग बनाउन सकिन्छ भन्ने कुराको मैले महशुस गरेको छु र त्यहि अनुभवको फलस्वरुप स्वदेशै मै केहि गर्छौ भन्ने सोच बनाएर नै व्यवसायीक रुपमा फुल खेति गर्न थालेका छौ र प्रतिफल पनि राम्रै हुन्छ भन्ने आशा गरेका छौ ।
गत वर्ष पानीका कारण सोचे अनुरुपको फुल उत्पादन नभए पनि बाहिरबाट आउने फुल प्रतिबन्धित गर्न सके यो वर्ष एक सिजनमा अनुमानित १५ क्विन्टल बराबरको फुल उत्पादन हुने ५ लाखसम्मको आम्दानी हुन सक्ने र प्रतिफल राम्रै हुने विश्वास व्यक्त गरे । छोटो समयमा थोरै लगानी लाग्ने, मेहेनेत अनुसारको प्रतिफल प्राप्त गर्न सकिने, आम्दानीको श्रोत साचे अनुसारको हुने, सभा सम्मेलन गोष्ठि र सम्मानका लागी प्रयोग गरिने फुलहरुको संरक्षण सम्बर्धनका लागी फुल खेति तर्फ आर्कषण बढेको थापाले बताए । तिहारसम्म आफुले उत्पदान गरेका सयपत्री फुल बाँके लगाएत अन्य जिल्लाहरुमा पठाउने लक्ष्य रहेको थापाको भनाई रहेको छ ।
पछिल्लो समय स्वदेशमा नै केहि गर्छाै र गर्न पर्छ भन्ने सोच बोकेका युवाका लागी केन्द्रीय सरकार प्रदेश सरकार र स्थानिय सरकारको सानातिना व्यवसायी प्रति पनि अझ बढि ध्यान दिन सके वैदेशिक रोजगारमा जान खोज्ने युवालाई गाउमै रोक्न सकिने र उनिहरुलाई स्वदेशमै स्वरोजगार बनाउने सकिने छ ।