ट्राफिक नियम उल्लघंन गर्ने दर्जनबढी मोटरसाइकल नियन्त्रणमा

सदरलाइन संवाददाता २८ कार्तिक २०८०, मंगलवार १५:१०
 

कोहलपुर (बाँके) : इलाका प्रहरी कार्यालय कोहलपुरले चर्काे आवाजमा मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लङ्घन गर्ने एक दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

कोहलपुर क्षेत्रका विभिन्न स्थानबाट प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेर अरुलाई अवरोध उत्पन्न हुनेगरी चलाइएका एक दर्जन बढी मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रातको समयमा चर्को आवाज निकाल्ने, हेलमेट नलगाएर चलाउने, मदिरा सेवन गरेर तीन जना बसालेर चलाइएका दर्जन बढी मोटरसाइकल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले बताए ।

उनले भने, ‘‘एक दर्जन बढी ट्राफिक नियम उल्लङ्घन गरेर चलाएका मोटरसाईकललाई नियन्त्रणमा लिएका छौं, सबैभन्दा बढी मोडिफाई गरेर चर्को आवाज निकालेर चलाएका मोटरसाइकल छन् ।’’


डिएसपी तिवारीका अनुसार नियन्त्रणमा लिइएका मोटरसाईकलहरूलाई इलाका प्रहरी कार्यालय र मातहतका कार्यालयहरूमा राखिएको छ । मोडिफाई गरेको हकमा भने पुरानै स्वरूपमा बनाएर मात्रै कानुन अनुसार कारबाही गरेर छोडिने उनले बताए ।

कोहलपुर इलाका प्रहरी कार्यालयले मोडिफाई गरेर चलाईएका थप मोटरसाइकललाई पनि नियन्त्रणमा लिएर कारवाही गरिने जनाएको छ ।

नियन्त्रणमा लिइएका अधिकाशं मोडिफाई गरिएका मोटरसाइकलहरु नेपालगञ्ज क्षेत्र तथा चाडपर्व मनाउन कोहलपुर आएका बाहिरी जिल्लाका रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल संवतका अवसरमा नेपालगञ्जमा मोटरसाइकल र्याली

२८ कार्तिक २०८०, मंगलवार १५:१०
नेपालगञ्ज : नेपाली मौलिक संवत् नेपाल संवत ११४४ को अवसरमा नेपालगञ्जमा शुभकामना आदानप्रदान सहित मोटरसाईकल र्याली निकालिएको छ । बाँकेका क्रियाशिल नेवाः खल, पुच र नेवाः गुठीहरुको संयुक्त आयोजनामा नेपालगन्जमा शुभकामना आदानप्रदान र मोटरसाइकल र्याली निकालिएको हो । स्थानीय गणेशमानचोकबाट सुरु भएको र्याली नेपालगञ्जको बिभिन्न चोकहरु सहित प्रसिद्ध बागेश्वरी मन्दिर […]